पोखरा / नेपाल निजामती कर्मचारी संगठन गण्डकी प्रदेशको प्रथम अधिवेशनले प्रदेश अध्यक्षमा अशोक खनाललाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । शनिवार पोखरामा समपन्न अधिवेशनबाट खनालको नेतृत्वमा नयाँ कमिटी बनेको हो ।
कमिटीको उपाध्यक्षमा शारदा खड्का, राम प्रसाद उपाध्याय र डोलराज पराजुली, महासचिवमा रामचन्द्र पहारी, सचिवमा पुष्पराज खनाल, हुमनाथ पौडेल र मधु बराल तथा कोषाध्यक्षमा आजाद पौडेल चुनिएका छन् ।

प्रदेश कमिटीको सदस्यहरुमा गिता मिजार, श्रृजना कुमारी लामिछाने, राधा कुमारी शर्मा, सरस्वती देवी रेग्मी, निर्मला पौडेल, बिराज बिश्वकर्मा, पूर्ण बहादुर श्रेष्ठ, धन बहादुर कुंवर, लक्ष्मी बानियाँ, सुनिल थापा र टेकनारायण शर्मा रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा राजेश्वर शिलवाल, लिलाधर अधिकारी, भुवन दाहाल, विष्णु प्रसाद ढकाल, गौरवदास वैरागी, सागर सुवेदी, कृष्ण प्रसाद पनेरू, तिलक आचार्य र अम्बिका प्रसाद गौतम रहेका छन् । अधिवेशनको उदघाट्न नेकपा एमालेका उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले गरेका थिए ।




