मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

लालुपातेमा जनप्रतिनिधिको सम्मान

लालुपातेमा जनप्रतिनिधिको सम्मान


  • ढोरपाटन संवाददाता
  • असार ६ २०७९, सोमबार

पोखरा/ पोखरा ६ बैदाममा रहेको लालुपाते टोल विकास संस्थाको १५ औं साधारण सभा सम्पन्न भएको छ । सो अवरमा संस्थाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान पनि गरेको छ ।
प्रमुख अतिथि पोखरा ६ का वडाध्यक्ष अध्यक्ष विष्णुबहादुर भड्ढराईले समाज रहेका विकृति विसंगतिलाई न्यूनीकरण गर्न टोल विकास संस्थाले सघाउनुपर्ने धारणा राखे ।

संस्थापक अध्यक्ष तथा सल्लाहकार गोविन्दराज पहारीले टोलको सिफारिसमा वडाले दिने सेवासुविधा उपलब्ध गराउन महानगरसँग माग गरे । वडा सदस्यद्धय शोभा जलारी र दिपेन्द्र पहारीले आफूहरु वडाको सेवक भएकोले वडाबासीहरुको चाहना अनुरुप नै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।अध्यक्ष जुना अधिकारीले संस्थाले आफ्नो क्षेत्र भित्र फोहोर मैला ब्यवस्थापनदेखि कोभिड र डेंगु रोगको बारेका जनचेतना फैलाएको जानकारी दिइन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->