पोखरा/ नेकपा एमाले कास्कीले राज्य संयन्त्र र खासगरी कर्मचारी प्रशासनलाई एमाले विरुद्ध प्रयोग गरिएको आरोप लगाएको छ ।
एमाले कास्कीको सोमबारको बैठकपछि जारी विज्ञप्तिमा मूल्यवृद्धिको विरोध, मल र बीउ अभावप्रति ध्यानाकर्षण तथा बाढीपहिरोबाट बिग्रिएका संरचनाहरुको तत्काल निर्माण एवं उद्दारमा जोड दिइएको छ । अध्यक्ष मनबहादुर गुरुङद्धारा जारी विज्ञप्तिमा संघ र प्रदेश सरकारले यस अघिका क्रमागत योजनाहरु कटौति गरेको आरोप लगाउँदै तत्काल सच्याउन माग गरिएको छ ।





