आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि


  • ढोरपाटन सम्वाददाता
  • असार ८ २०७९, बुधबार

पोखरा/कास्की जिल्ला ब्याडमिन्टन संघले गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै संघले प्रतियोगिताको आयोजना गर्न लागेको हो । चार विधामा प्रतियोगिता संचालन गर्न लागिएको छ ।

प्रदेशमा रहेका नयाँ खेलाडीको पहिचान गर्ने, खेलाडीको क्षमता अभिवृद्धि गर्ने र पोखरालाई खेल पर्यटन सहरको रुपमा विकास गर्ने तथ लक्ष्य रहेको प्रतियोगिता संयोजक अमृत पोख्रेलले जानकारी दिए ।

प्रतियोगितामा पुरुष एकल, पुरुष डबल, महिला एकल र डबल गरी ४ विधामा स्पर्धा हुनेछ । प्रतियोगिताको पुरुष एकलतर्फ प्रथम हुनेले २० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो र तेस्रोले समान १०÷१० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पुरुष डबलतर्फ प्रथम हुनेले ४० हजार रुपैयाँ, दोस्रोले २५ हजार र तेस्रोले २० हजार रुपैयाँसहित उनीहरुले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै महिला एकलतर्फ प्रथम हुनेले १५ हजार रुपैयाँ, दोसो र तेस्रोले समान १०÷१० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

महिला डबल्सको प्रथम हुनेले ३० हजार रुपैयाँ, दोस्रोले २० हजार रुपैयाँ तथा तेस्रो हुनेले १० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता गर्न करिब ४ लाख ४५ हजार खर्च लाग्ने अनुमान गरिएको छ । ब्याडमिन्टसंघले राखेपको सहकार्यमा आफ्नै लगानीसमेतमा अहिले पोखरा रंगशालमा अन्तर्राष्ट्रिय स्तरको कर्भड हलको निमार्णसमेत गरेको छ ।

पोखरामा रहेको कर्भड हल नेपालकै उदाहरणीय रहेको उनले बताए । प्रतियोगिताले खेलाडीहरुलाई शारीरिक र मानशिक रुपमा चुस्त राख्न र खेलाडीहरुको अनुशासन कायम गर्नु पनि प्रतियोगिताको उद्धेश्य रहेको उनले सुनाए । प्रतियोगिता १० र ११ गते पोखरा रंगशाला स्थित ब्याडमिन्टन हलमा हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->