आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कमल चम्किदाँ आयोजक हेम्जा फाइनलमा

कमल चम्किदाँ आयोजक हेम्जा फाइनलमा


  • विजय नेपाल
  • असार ८ २०७९, बुधबार

फरवार्ड कमल थापा मगर चम्किदाँ हेम्जा युनाइटेड शुभकामना गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

हेम्जा युनाइटेडको आयोजनामा गौरीशंकर खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजकले खुमलटार युथ क्ल्ब माथि २–० को जित निकालेको हो । हेम्जाका लागि दुवै गोल कमलले गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । हेम्जाका लागि दुवै गोल दोस्रो हाफमा सम्भव भएको हो ।
खेलको दशौं मिनेटमा हेम्जाका सुनिल विकले अग्रता गर्ने सुवर्ण अवसर खेर फाले ।

पेनाल्टी क्षेत्रमा खाली रहेका उनलाई सन्जोक केसीले उत्कृष्ट पास दिएपनि उनले भेट्न सकेनन् । १२ औं मिनेटमा खुमलटारका दिवस छन्त्यालले २ डिफेन्डरको बिचबाट गरेको शसक्त प्रहारलाई हेम्जाका गोलरक्षक एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरे ।

उक्त बलमा पाएको कर्नरमा कप्तान आसिष श्रेष्ठको हेडर क्रसबार नजिकैबाट बाहिरिदा अग्रता लिने अर्को अवसर गुमेको हो ।

पहिलो हाफमा बराबरीमा रोकिएपनि दोस्रो हाफको ८ औं अर्थात खेलको ५३ औं मिनेटमा हेम्जाका कमलले अग्रता दिलाए । उनले बायाँ एरियाबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएको थियो ।

उनले खेलको ६७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आयोजकलाई फाइनलको यात्रा पक्का गराए । उनको दोस्रो गोल भने अविस्मरणीय रह्यो ।

खुमलटारका गोलरक्षक एन्जल श्रेष्ठ अघि बढेको स्थितिमा मैदानको मध्य भागबाट चलाखीपूर्ण तरिकाले गरेको प्रहारले पहिलो बार हुँदै जाली चुम्यो ।

निकै अघि बढेका एन्जलले डाइभ गर्दै बचाउ गर्न खोज्दा समेत भेटेनन् । दोस्रो हाफमा भने खुमलटारको प्रदर्सन निकै खस्कियो । दोस्रो हाफमा खुमलटारले खासै प्रहार गर्न सकेन ।

हम्जाका प्रशिक्षक शौरभजंग कार्कीले आफुहरु योजना अनुरुप खेल्दा जित हासिल गर्न सफल भएको प्रतिक्रिया दिए । उनले खुमलटारको कम्जोरीको फाइदा उठाउँदा जित हासिल गर्न सफल भएको बताए ।

उता खुमलटारका म्यानेजर अञ्जन रानाले आफुहरुले रक्षात्मक तरिकाको खेल खेल खेल्दा स्ट्राइक लाइनमा निकै समयस्या आएको सुनाए ।

उनले स्ट्राइक लाइनमा कम्जोरी हुदाँ गोल गर्न नसकेको प्रतिक्रिया दिए । प्रतियोगिता अन्तरगत बिहिबार अफ्रिकी क्लब एभिनियर र चर्च ब्वाइज विच फाइनल प्रवेशका लागि अन्तिम खेल हुदैँछ ।

असार ४ गतेदेखी संचालन भएको प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड को सहभागिता रहेको छ ।

हेम्जा एकेडेमी संचालनार्थ प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष इन्द्र कुवरँले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->