आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधी क्षितिज र दिलाशालाई

प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधी क्षितिज र दिलाशालाई


  • ढोरपाटन सम्वाददाता
  • असार १२ २०७९, आइतबार

कास्की जिल्ला व्याडमिन्टन संघले आयोजना गरेको प्रथम गण्डकी प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगिताको एकल तर्फको उपाधी क्षितिज खनाल र दिलाशा रानाले उचालेका छन् ।

पोखरा रंगशालामा भएको फाइनल खेलमा पुरुष तर्फको एकल विधामा विधान अधिकारीलाई हराउँदै उपाधी उचालेका हुन् ।

१–१ सेट जितेको अवस्थामा अन्तिम अर्थात तेस्रो सेट चलिरहँदा विधानले बिचमै खेल छाडेपछि उनी च्याम्पियन बनेका हुन् ।

विधानले पहिलो सेट २१–१९ र खनालले दोस्रो सेट २१–१५ ले आफनो पक्षमा पारेका थिए । उनले २० हजार रुपैयाँ हात पारे भने विधानले १० हजार रुपैयाँ प्राप्त गरे ।

कास्कीका विशाल खड्का र लमजुङका सुजन थापा तेस्रो हुँदै १०÷१० हजार रुपैयाँ प्राप्त गरे ।

महिला तर्फ दिलाशाले कास्कीकै अनु रानालाई सोझो सेटमा पराजित गर्दै उपाधि चुमिन् । उनले २१–१५,२१–११ को सेटमा रानालाई हराउँदै नगद १५ हजार रुपैयाँ प्राप्त गरिन् ।

अनुले १० हजार रुपैयाँ प्राप्त गरिन् । आकृति केसी र आयुस्मा नेपाल तेस्रो हुदैँ १० हजार प्राप्त गरिन् ।

महिला डबल्स तर्फको प्रतिस्पर्धामा कास्कीका यामकुमारी गुरुङ र दिलाशा रानाको जोडीले कास्कीकी माया पुन र तनहुँकी रुबी श्रेष्ठको जोडीलाई निर्णायक सेटमा पराजित गर्दै उपाधि उचाले ।

उनीहरुले २१–१५, २४–२६ र २१–१५को सेटमा हराउँदै उपाधी चुम्न सफल भए । मेनुका गुरुङ र आयुष्मा नेपाल तथा कास्कीकै आकृति केसी र अनु रानाको जोडी तेस्रो स्थानमा रहे ।

पुरुष तर्फको डबल्सको उपाधी कास्कीका विधान अधिकारी र पर्वतका विधान गुरुङको जोडीले उचाल्यो । उक्त जोडीले लमजुङका सुजन थापा र स्याङजाका दिपक रानाको जोडीलाई २१–१४, १८–२१ र २१–१८ को सेटमा हराए ।

कास्कीका विशाल बस्नेत र बिशाल गुरुङको जोडी तथा विशाल खड्का र कृष्ण बस्नेतको जोडी तेस्रो भए । पुरुष डबल्स तर्फको विजेता, उपविजेता र तेस्रो हुनेले क्रमश नगद ४०, २५ र २० हजार रुपैयाँ प्राप्त गरे ।

महिला डबल्स तर्फको विजेताले नगद ३० हजार,२० हजार र १० हजार रुपैयाँ प्राप्त गरेको प्रतियोगिताका संयोजक अमृत पोख्रेलले जानकारी दिए ।

प्रतियोगितामा विजेताहरुलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, संघका अध्यक्ष शुशिलकुमार श्रेष्ठ लगायतले नगदसहित ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

संघका अध्यक्ष शुसिल कुमार श्रेष्ठको अध्यक्षतामा भएको समापन समारोहमा स्वागत मन्तव्य उपाध्यक्ष विशाल खड्काले राखेको थिए भने शुभकामना मन्तव्य संजय कुमार अधिकारीले राखेका थिए । कार्यक्रम संघका सचिव फणिन्द्र तिमिल्सिनाले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->