आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

संसद छिट्टै सुचारु हुन्छ : मन्त्री अधिकारी

संसद छिट्टै सुचारु हुन्छ : मन्त्री अधिकारी


  • ढोरपाटन संवाददाता
  • असार १३ २०७९, सोमबार

बागलुङ/ गण्डकी प्रदेश सरकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधीकारीले अबरुद्ध प्रदेशसभाको बैठक केही दिनमा नै सुचारु हुने बताएकी छन् । बजेट तथा कार्यक्रममाथि छलफलकै क्रममा केही मन्त्रीहरुकै मत बाँझिएपछि अबरुद्ध भएको सांसद बैठक सुचारु गर्नका लागि कार्यव्यवस्था समिति र पार्टीहरुको नेतृत्व तहमा छलफल भैरहेको भन्दै अधिकारीले एक दुई दिनमानै बैठक सूचारु हुने दाबी गरिन् ।

‘हामीले प्रदेश सभा सुचारु गरेर बजेटमाथि छलफल गरेर पारित गर्नुपर्ने छ’ अधिकारीले अर्थमन्त्रीको बचाउ गर्दै भनिन् ‘गठबन्धन सरकार असफल बनाउन खोज्नेहरुको पनि सांसद बैठक अबरुद्ध बनाउनेमा भूमिका छ, त्यसको अन्त्य हुन्छ ।’ मन्त्रालयहरुले तयार गरेको भन्दा अर्थमन्त्रीले वाचन गरेको बजेट फरक परेको भन्ने बिषयमा चर्चा हुने गरेको भन्दै उनले अर्थमन्त्रीले त्यासो गर्न नसक्ने जिकीर गरिन् ।

प्रेस सेन्टर बागलुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अधिकारीले भनिन् ‘म पनी मन्त्रि हो, हाम्रो मन्त्रालयको योजनाहरु अनुसारनै अर्थले बजेट विनियोजन गरेको छ, मन्त्रालयको पनि सोही अनुसार काम भएको हो तर असफल बनाउन हल्ला फिँजाईयो ।’

स्वासथ्य क्षेत्रमा जनशक्ति व्यवस्थापनका लागि संघीय सरकारको स्वास्थ्य नीति बाधक रहेको उनको आरोप थियो । संघीय सरकारे निजामति ऐन र स्वास्थ्य सेवा ऐन खारेज गरेर प्रदेश सभालाई जनशक्ति व्यवस्थापनको अधिकार दिनुपर्ने उनको माग थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->