बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

थासाङले ओखर खेति प्रवद्र्धन गर्ने

थासाङले ओखर खेति प्रवद्र्धन गर्ने


  • ढोरपाटन संवाददाता
  • असार १५ २०७९, बुधबार

बागलुङ/ हिमाल पारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकाले ओखर खेति प्रवद्र्धन थालेको छ । आर्थिक उपार्जन गर्ने मुख्य क्षेत्र कृषिलाई बनाएको गाउँपालिकाले ओखर खेतीको सम्भावनालाई आत्मासाथ गर्दै किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको हो ।

कृषि उत्पादनका आधारमा ‘एक वडा एक कृषि उपज हव’ बनाउने नीति ल्याएको गाउँपालिकाले ओखर खेतिलाई प्राथमिकतामा राखेको हो । किसानलाई उत्पादन लागत कम पर्ने, बजारीकरणको समस्या नरहेको र एक पटक लगाएपछि बर्षौं उत्पादन लिन सकिने भएकाले ओखर खेतिलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष प्रदीप गौचनले बताए ।

आगामि आर्थिक बर्षमा ओखर खेतिमा लाग्ने किसानहरुका लागि बिरुवा, प्रबिधि र संरक्षण तथा सिंचाईका लागि आवश्यक कार्यक्रम तय गरिएको गौचनले बताए । मागका आधारमा किसानलाई अनुदान समेत उपलव्ध गराउने नीति गाउँपालिकाले लिएको छ ।

मुस्ताङमा उत्पादन भएको ओखर देशका ठूला शहरहरुमा ५ सयदेखि एक हजार रुपैयाँ किलोसम्ममा बिक्री हुने गरेको छ । अहिले थासाङमा उत्पादन भैरहेको ओखर खोज्न व्यापारीहरु बगानमा पुग्ने गरेका छन् । ओखरमा दाना नलाग्दै मोलमोलाई हुने गरेकाले गाउँपालिकाले किसानलाई ओखर बालीसँगै आय आर्जनमा जोड्नका लागि ओखर खेति प्रबद्र्धन गर्ने कार्यक्रम ल्याएको हो । हावा पानीका हिसावले थासाङका अधिकांश वडामा ओखरको खेति राम्रो हुने गरेको छ ।

थासाङ गाउँपालिकामा उत्पादन भएका स्याउ, आलु, ओखर तथा अन्य तरकारी बाली विदेशमासमेत प्रख्यात निर्यात हुने गरेको छ । यहाँको कृषि क्षेत्रलाई आधुनिकीकरण गरेर आगामी वर्ष खेती योग्य जमिनमा तारबार देखी बाँझो जमिनमा खेति लगाउन सुरुवात गरिने अध्यक्ष गौचनले बताए । गाउँपालिकाले फलफुल, तरकारीका आलावा पशुपालनलाई पनि प्राथमिकतामा राखेर प्रबद्र्धनका कार्यक्रम ल्याएको छ ।

गाउँपालिकाभित्र बालीनालीमा विषादी र रासायनिक मलको प्रयोगलाई क्रमशः न्यूनीकरण गर्ने नीतिसमेत गाउँपालिकाले ल्याएको छ । बजारमा प्राङ्गारिक उत्पादनको माग बढीरहेकाले स्याउ, आलु, सिमि, ओखर र अन्य तरकारी बालीमा प्राङ्गारीक मल तथा परम्परागत घरायसी किटनाशक औषधिको प्रयोग लाई प्रोत्साहन गर्न लागिएको अध्यक्ष गौचनले बताए ।

गाउँपालिकाको पहिचानको रुपमा रहेको अन्नको भण्डारका भनेर चिनिने कुञ्जो गाउँलाई कृषि उत्पादनको मुख्य क्षेत्रका रुपमा विकास गरेर किसानलाई सवल बनाईने उनले बताए । गाउँपालिकाले पर्यटन क्षेत्रलाई कृषि पछिको महत्वपूर्ण आर्थिक बिकासको क्षेत्रका रुपमा बिकास गर्ने भएको छ । यहाँ रहेका ताल तलैया, पदमार्ग र धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलहरुको प्रवद्र्धनका लागि गाउँस्तरमानै कार्यक्रम तयार गरिएको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->