आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

जग्गा बाँझो नराखौँ : मन्त्री बुढा

जग्गा बाँझो नराखौँ : मन्त्री बुढा


  • ढोरपाटन संवाददाता
  • असार १५ २०७९, बुधबार

पोखरा/ गण्डकी प्रदेशका भुमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले प्रदेश सरकार कृषिमार्फत् जनतालाई समृद्ध बनाउन प्रतिबद्ध रहेको बताएका छन् । कृषिको विविधिकरणमा गण्डकी प्रदेश एक नम्बर रहेको बताउँदै बुढाले मन्त्रालय कृषि उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउन लागि परेको बताए ।

पोखराको हेम्जा स्थित मानव सेवा आश्रममा आयोजित कृषि सामग्री वितरण कार्यक्रममा बोल्दै उनले जग्गा बाँझो राख्ने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गरे । जग्गा बाँझो राखेर विदेशबाट आयात गरेर सम्बृद्धि नआउने उनको भनाइ थियो । भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय गण्डकी प्रदेशको समन्वयमा कृषि ज्ञान केन्द्र, कास्कीबाट मानव सेवा आश्रमलाई कृषि सामग्री वितरण गरिएको हो ।सो अवसरमा मन्त्री बुढाले ३ थान टनेल जाली, फलफूलका बिरूवा र तरकारीको बीउबिजनलगायतका सामग्री आश्रमलाई हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->