आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

सरकारमा नैतिकता छ भने राजिनामा दिनु पर्छ’ : पृथ्वी सुब्बा गुरुङ

सरकारमा नैतिकता छ भने राजिनामा दिनु पर्छ’ : पृथ्वी सुब्बा गुरुङ


  • ढोरपाटन सम्वाददाता
  • असार १५ २०७९, बुधबार

पोखरा /गण्डकी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग गरेको छ ।

सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टिका कारण बजेटमाथि छलफल हुन नसकेपछि एमाले संसदीय दल गण्डकीले बुधबार दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा माग गरिएको हो ।

पुर्व मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले मुख्य मन्त्रीमा मन्त्रीलाई कार्वाहि गर्ने क्षमता नभएको बताएका छन् ।

उनले आन्तरिक विवादलाई मिलाउन नसकेको र सरकार विधि र पद्धती भन्दा बाहिर गएको कारण अब नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।

‘सरकार चलाउने एउटा विधि हुन्छ पद्धती हुन्छ । चाहे त्यो ५ वर्षको गठबन्धन होस् या १० वर्षको अथवा एउटै पार्टीको किन नहोस् । सरकार चलाउने हो भने विधि र विधानमा रहेर काम गर्नुपर्छ ।

बजेटको सिद्धान्त र प्राथमिकता १५ दिन अघि छलफल गराउनुपर्छ । यो पटक कुन सिद्धान्तको आधारमा बजेट ल्याउँदैछ ? गुरुङले भने,‘यदि यो सरकारमा नैतिकता भन्ने चिज कुनै १ प्रतिशत पनि छ भने त्यहि बेला उसले राजिनामा दिनु पर्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->