पोखरा/सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटिले पोखरा महानगरपालिका-१२ स्थित अमरसिंह माध्यमिक विद्यालय परिसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
लायन बर्ष २०२२-०२३ को ‘फेलोसिप फर सर्भिस’ भन्ने मुल नाराका साथ शुक्रवार ६० वटा विरुवा वृक्षारोपण गरिएको हो ।
कार्यक्रममा वोल्दै वडाध्यक्ष सन्तोष बास्तोलाले हरियाली सबैलाई मनपर्ने र बढ्दो बाताबरण प्रदुषणलाई कम गर्न रुखबिरुवाको महत्त्वपुर्ण भुमिका हुने वताए । उनले आफ्नो कार्यकाल अबधिमा ५ हजार बिरुवा रोपी वडालाई ग्रिन बेल्टको रुपमा परिचित गराउने वताए ।
कार्यक्रमको अध्यक्षता भिस्मराज सुबेदीले गरेका थिए । कार्यक्रममा लायन सुचित्रा थापाले मन्तब्य राख्दै लायनको सामाजिक कार्यको वारेमा चर्चा गरेकी थिईन ।





