पेखरा/ पोखरा महानगरले आर्थिक वर्ष २०७९÷८० को बजेटमा भरतपोखरीको टिमुरपाटामा ल्याण्डफिल साइट निर्माणको लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ । पोखराका मेयर धनराज आचार्यले पोखरा ३३ मा ल्याण्डफिल साइट बनाउने घोषणा गरिसकेका छन् ।
सोही वडावासी मेयरले त्यहाँ वातावरणीय रुपले सुरक्षित साइट निर्माण गरिने जिकिर गरिरहँदा स्थानीय बासिन्दाहरु भने विरोधमा उत्रिएका छन् ।
वडा कार्यालयले नै सर्वदलीय अन्तक्र्रिया कार्यक्रम आयोजना गर्दै ल्याण्डफिल साइट बनाउन नदिने घोषणा गरिएको छ । वडाध्यक्ष वडाध्यक्ष रामचन्द्र अधिकारीले भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने सम्बन्धमा आफूहरू नेतृत्वमा आउनुपूर्व कार्यपालिकाको ५५औँ बैठकले निर्णय गरेको जिकिरमात्रै गरेनन् कुनै पनि हालतमा जनताको भावना विरुद्घ नजाने बताए ।
वडाका निवर्तमान वडाध्यक्ष शिवप्रसाद आचार्यले आफ्ना कार्यकालमा महानगर कार्यपालिकाको ५५औँ बैठकमा कुरा आएको स्वीकारे तर डम्पिङ साइट बनाउने विषयमा आफू सहमत नभएको जिकिर पनि गरे । साबिक भरतपोखरी गाउँ विकास समितिका पूर्वअध्यक्ष यज्ञप्रसाद अधिकारीले यो विषय आम वडावासीको चासो र सरोकारको विषय भएको बताउँदैे जनताको भावना अनुसार अघि बढ्न सुझाव दिए ।
युवा नेता हेमबहादुर थापा किरणले जनताको हितमा निणर्य हुनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्ने सबैजसो वक्ताले ल्याण्डफिल साइट भरतपोखरीमा राख्न नहुनेमा जोड दिए ।





