आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

एक महिनामै लाइसेन्स : मन्त्री विश्वकर्मा

एक महिनामै लाइसेन्स : मन्त्री विश्वकर्मा


  • ढोरपाटन संवाददाता
  • असार १९ २०७९, आइतबार
तस्बिर : ट्राफिक ब्यवस्थापन सुदृढीकरण सम्बन्धी कार्यक्रमको गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्री दोवाटे विश्वकर्माले उद्घाटन गर्दै ।

पोखरा/ गण्डकी प्रदेश आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्माले प्रदेश सरकारले एक महिनाभित्रै सवारी चालक अनुमतिपत्र पाउने विधि र व्यवस्था मिलाउने तयारी थालेको जिकिर गरेका छन् ।

आन्तरिक मामिला मन्त्रालयको आयोजनामा स्याङ्जा सदरमुकाम पुतलीबजारमा ट्राफिक ब्यवस्थापन सुदृढीकरणसम्बन्धी आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । प्रदेशबाट राजश्वमा ठूलो सहयोग गरेता पनि संघबाट आवश्यकता अनुरुपका बजेट नआउदा ट्राफिक सुरक्षा व्यवस्थापनमा सुरक्षा निकायले कठिनाइ भोग्नु परेको र त्यसको प्रभाव जनस्तरसम्म परेको उनको भनाइ थियो ।
पैसा उठाउने र संघमा पठाउने प्रवृत्तिमा केही परिवर्तन गर्न आवश्यक रहेको बताउँदै मन्त्री विश्वकर्माले स्रोत र साधनका अभावका अपराधीहरु फरार हुने क्रम बढ्ेकोमा चिन्ता व्यक्त गरे ।

कार्यक्रममा गण्डकी प्रदेशसदस्य भागवतप्रकाश मल्लले प्रदेश सरकारले सवारी साधानमाथि लगाएको करबारे पुनर्विचार गर्ने बताए ।उनले अटो चालकका समस्यालाई सुक्ष्म तरिकाले अध्ययन गरिरहेको जनाउदै उहाले लाइसेन्स, बिमा र सडक अनुमतिका लागि सहज बनाउने गरी काम गरिने जानकारी दिए । वर्षात सुरु भइसकेको र विपदका घटना घटिरहेका बेला सुरक्षाकर्मीलगायत सरोकारवाला सबैलाई तम्तयार अवस्थामा बस्नुपर्ने पनि उनको भनाइ थियो ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख श्रीप्रसाद जीटी, वालिङ् नगरप्रमुख कृष्ण खाँण, आँधीखोला गाउँपालिका अध्यक्ष विश्व पौडेल, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललगायतले सवारी तथा यातायात व्यवस्था ऐन एवं नियमावलीको पूर्णतः कार्यान्वयन गर्दे ट्राफिक सुरक्षासम्बन्धी जनचेतना जगाउन आवश्यक रहेको बताए । आन्तरिक मामिला मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले मन्त्रालयबाट ट्राफिक ब्यवस्थापनमा भए गरेका कार्यका बारेमा र गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्द अधिकारीले प्रदेशको ट्राफिक व्यवस्थापनको अवस्थाका बारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए । गण्डकी प्रदेशमा सवारी दुर्घटना बढी हुने भएको जनाउँदै दुर्घटना न्यूनीकरणका नीति निर्माणका लागि आवश्यक सुझाव संकलन गर्ने उदेश्यले स्याङ्जामा कार्यक्रम गरिएको हो ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->