मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

पोखरा सुनचाँदी व्यवसायी संघमा पुष्पमान

पोखरा सुनचाँदी व्यवसायी संघमा पुष्पमान


  • ढोरपाटन संवाददाता
  • असार २० २०७९, सोमबार

पोखरा/ पोखरा सुनचाँदी ब्यवशायी संघको अध्यक्षमा पुष्पमान बुद्धाचार्य चुनिएका छन् । संघको २३ औं साधारण सभा तथा ११ औं अधिवेशनबाट उपाध्यक्षमा मंगलराज शाक्य, सचिवमा प्रविण बुद्वाचार्य, कोषाध्यक्षमा राकेशमान बुद्वाचार्य र सहसचिवमा रविन्द्र बज्रचार्य चयन भएका छन । यता, सदस्यहरुमा इश्वरमान बुद्वाचार्य, महेशरत्न शाक्य, दिनेशमान बुद्वाचार्य र निकिन बज्रचार्य चुनिएका छन् ।

अधिवेशन तथा साधारण सभाको उद्घाटन गर्दै संस्थाका पूर्वअध्यक्ष राजेशमान बुद्धाचार्यले सुनचाँदी व्यवसायीहरुले आफ्नो व्यवसायलाई मर्यादित बनाएर बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा महेन्द्रमान गुभाजु, विनोदरत्न शाक्य , नितिन बज्रचार्य, उत्तममान बुद्वाचार्य लगायतले सुनचाँदी व्यवसायीको हक हितकोबारेमा आ–आफ्नो धारणाा राखेका थिए ।

दुर्गामान बुद्धाचार्यको संयोजकत्वमा गठित निर्वाचन मण्डलमा टेकनारायण शाक्य र शोभितमान बुद्धाचार्य सदस्यहरु रहेका थिए । पोखरा सुनचाँदी ब्यवशायी संघमा ४४ जना सदस्यहरु रहेका छन् भने हाल डाक्टर संजीवमान बुद्धाचार्यले नया सदस्यता लिएको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->