मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

गण्डकीमा घरजग्गा रजिष्टे«सनमा पनि करको भारी

गण्डकीमा घरजग्गा रजिष्टे«सनमा पनि करको भारी

शहीद परिवारप्रति अर्थमन्त्री उदार ।


  • ढोरपाटन संवाददाता
  • असार २२ २०७९, बुधबार

पोखरा/ गण्डकी सरकारले सवारीसँगै घरजग्गा कारोवारको करमा पनि व्यापक वृद्धि गरेको छ । प्रदेशका अर्थमन्त्री रामजी बरालले असार १ बजेट वक्तव्यसँगै प्रदेशसभामा पेश गरेको आर्थिक विधेयक अनुसार चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा ‘घरजग्गालगायतको रजिष्ट्रेसन शुल्क, सेवा शुल्क र घरजग्गा रोक्का शुल्क’ मा ५० प्रतिशतसम्म बढोत्तरी गरिएको छ ।
गठबन्धन सरकारमा माओवादीबाट अर्थमन्त्री बनेका रामजीप्रसाद बरालले बजेट वक्तव्यमा घरजग्गाको कर पूर्ण रुपमा छुट हुने पनि बताएका थिए । तर, त्यो छुटबाट चाहिँ माओवादी जनयुद्धमा होमिएर शहीद बनेकाहरु प्रत्यक्ष प्रभावित हुन्छन ।

अर्थमन्त्री बरालले भनेका थिए, ‘घर जग्गा कारोवारमा जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनमा सहादत प्राप्त गरेका शहिद र बेपत्ता परिवारका आश्रित पति, पत्नी, छोरा र छोरी तथा माता–पिताको नाममा स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखतमा गण्डकी प्रदेश सरकारको आर्थिक ऐन बमोजिम लाग्ने सबै प्रकारको शुल्क पूर्ण रूपमा छुट हुने व्यवस्था मिलाएको छु ।’
मन्त्री बरालले शहीद परिवारलाई छुट दिएर पार्टीबाट सहानुभूति पाउन खोजेतापनि सर्वसाधारण चाहिँ यो व्यवस्थाले प्रत्यक्ष मारमा पर्ने भएका छन ।

उनले बजेट वक्तव्यमा सीमित वर्गलाई छुटको व्यवस्था गरेतापनि उनले नै पेश गरेको आर्थिक विधेयकले चाहिँ करको दरमा ५० प्रतिशतसम्मले बढोत्तर गरेको छ ।

चालु आर्थिक वर्षमा अंशबण्डा गर्दा पाँच लाख रुपैयाँ तिर्नुपर्नेले आगामी वर्षदेखि दुई लाख ५० हजार रुपैयाँ थपेर सात लाख ५० हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ ।अंशबण्डा तथा अंश भर्पाइको लिखतमा शीर्षक सहित सरकारले कर पनि बढाएको हो ।

चालु आर्थिक वर्षमा अंशबण्डा तथा अंश भर्पाइको लिखत गर्दा ३० लाख, ३० देखि दुई करोेड र २ करोड रुपैयाँ माथिको क्लष्टर बनाएर शुल्क तोकिएको रजिष्ट्रेसन शुल्क बुझाउनुपर्ने प्रावधान राखिएको थियो ।

महानगरपालिका/उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई समान कर तोक्दै ३० लाखसम्म ०.२ प्रतिशत, २ करोडसम्म ०.५ प्रतिशत र त्यसभन्दा माथि १ प्रतिशत रजिष्ट्रेसन शुल्क तोकिएको थियो ।अर्थात २ करोडसम्म मूल्यको सम्पत्तिको अंशबण्डा गर्दा बढिमा दुई लाख रुपैयाँ रजिष्ट्रेशन शुल्क तिर्नुपथ्र्यो ।

तर, आगामी आर्थिक वर्षदेखि भने सरकारले करको दायरा नभई करको दर बढाएको छ । चालु आवमा ६ करोडसम्मको सम्पत्तिको अंशबण्डा गर्दा ६ लाख रुपैयाँ रजिष्ट्रेसन शुल्क तिरे पुग्ने ठाउँमा साउनदेखि चाहिँ ९ लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

आर्थिक विधेयक अनुसार अंशबण्डा तथा अंश भर्पाइको लिखत गर्दा सरकारले पाँच क्लष्टरबाट कर उठाउनेछ । १० लाखसम्म ०.२ प्रतिशत, १० देखि ३० लाखसम्म ०.५, ३० देखि २ करोडसम्म ०.७५ प्रतिशत,
२ देखि ५ करोडसम्म १ प्रतिशत र ५ करोडभन्दा माथिको सम्पत्तिमा १.५ प्रतिशत रजिष्ट्रेसन शुल्क तोकिएको छ ।

सरकारले ३० लाखदेखि २ करोडसम्मको सम्पत्ति अंशबण्डा गर्दामात्रै ०.२५ प्रतिशत कर बढाएको छ । चालु आर्थिक वर्षमा २ करोडको सम्पत्ति अंशबण्डा गर्दा एक लाख रुपैयाँ बुझाउनुपथ्र्यो भने आगामी आर्थिक वर्षदेखि सोही सम्पत्तिको अंशबण्डामा एक लाख ५० हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ ।

२० करोड मूल्यको सम्पत्तिको अंशबण्डा गर्दामात्रै आगामी आर्थिक वर्षमा चालु आर्थिक वर्षको भन्दा दोब्बर शुल्क बुझाउनुपर्ने भएको छ ।

गण्डकी प्रदेशसभाको सोमबारको प्रदेशसभा बैठकमा सत्ता गठबन्धनकै सांसदले रजिष्ट्रेसन शुल्क तिर्दा अर्को घडेरी बेच्नुपर्ने स्थिती आएको भन्दै चर्को आलोचना गरेका छन ।
‘बजेटले करको दायरा बढाउने कुरा नै गरेको छैन । रोजगारीसँग जोडेकै छैन । यहाँका युवा कहाँ जाने ? प्रदेश सरकार आएर के गर्ने ? यो कसरी आयो, किन आयो ?’ प्रदेशसभा सदस्य भागवत प्रकाश मल्लले प्रश्न गरे, ‘अंशबण्डा ग¥यो भने एक करोडभन्दा माथि पास गर्नुप¥यो भने अर्को घडेरी पास गरेर रजिष्ट्रेसन तिर्नुपर्ने हुन्छ ? यस्तो पनि सरकार हुन्छ ?’

उनकै भनाइमा अर्का सांसद प्रकाशचन्द्र दवाडीपनि सहमत छन ।यसबाहेक सत्तादेखि प्रतिपक्षका सांसदहरुले सवारी देखि कृषिमा लगाउन खोजिएको करको पनि व्यापक विरोध गरेका छन । लामो समयदेखि बन्धन बनेको गण्डकी प्रदेशसभा बैठक सोमबारदेखि सुरु भएको छ । बजेट वक्तव्यमाथि छलफल चलिरहँदा सत्ताकै सांसदहरुले बजेटको विरोध गरेका हुन ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->