आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एन्फा अध्यक्ष पंकज समुहबाट अलग हुँदै थापा समुह !

एन्फा अध्यक्ष पंकज समुहबाट अलग हुँदै थापा समुह !


  • ढोरपाटन सम्वाददाता
  • असार २३ २०७९, बिहिबार

पोखरा/अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ कार्यसमिति आएको महिना दिन नहुँदै अध्यक्ष पंकजबिक्रम नेम्वाङबाट गणेश थापा समूह अलग भएका छन् ।

चुनावी गठबन्धन गरेका नेम्वाङ र गणेश थापा समूह निर्वाचित भएको महिना दिन नपुग्दै फरक बाटो हिड्ने निष्कर्षमा पुगेका हुन् ।

थापाले नगरि महासचिवमा किरण राईलाई नियुक्त गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । एन्फामा शपथ लिन पुगेका नवनिर्वाचित पदाधिकारीलाई आकस्मिक बैठक राखेर नेम्वाङले महासचिवमा राई र कोषाध्यक्षमा रबिन्द्र जोशीलाई नियुक्त गरेका थिए ।

उनले अन्तराष्ट्रिय सम्बन्ध विभागको जिम्मेवारी नबिन पाँडेलाई दिएका थिए । उक्त निर्णयको चर्को विरोध भएको थियो । एन्फाका पूर्व अध्यक्ष गणेश थापाले समेत विरोध गरेका थिए ।

आफुसँग सल्लाह नगरि राईलाई महासचिव नियुक्त गर्ने नेम्वाङको निर्णयमा थापा असन्तुष्ट छन् । निर्णयको भोलिपल्टै उनले बैठक बोलाएर सो निर्णयको विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->