आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ६० करोड स्विकृत

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ६० करोड स्विकृत


  • ढोरपाटन संवाददाता
  • असार २४ २०७९, शुक्रबार

पोखरा/असोजको अन्तिम साता गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ६० करोडको बजेट स्वीकृत भएको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोडको बजेट अर्थमन्त्रालयबाट स्वीकृत भएको जानकारी दिएका छन् ।

नवौं राष्ट्रिय खेलकुद मुल आयोजक कमिटी बैठकको उद्घाटनमा बोल्दै सदस्य सचिव घिसिङले माग गरे वापतको बजेट स्वीकृत भएको बताए ।

‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ६० करोडको बजेट अर्थमन्त्रालयबाट स्वीकृत भएको छ,’ उनले भने । सदस्य सचिव घिसिङका अनुसार प्रतियोगिताको मिति सरेपनि बजेटको आकार भने घटेको छैन् ।

असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुँदैछ । यस अघि जेठ २२ देखि २८ सम्म हुने भनिएपनि विविध कारण देखाउँदै प्रतियोगिता स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->