पोखरा/भ्रष्टचार मुद्ध लागेका फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र उपाध्यक्ष मिचेल प्लाटिनीले सफाई पाएका छन् ।
विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) का पूर्व अध्यक्ष ब्लाटर र उपाध्यक्ष प्लाटिनी भष्ट्रचार मुद्धामा निर्दोष ठहर भएका हुन् ।
कुनै समय विश्व फुटबलमा सबैभन्दा शक्तिशाली रहेका यी दुई व्यक्ति १७ वर्षसम्म फिफाको नेतृत्व गरेका थिए ।
उनीहरुलाई स्वीटजरल्याण्डको बेलिनजोनास्थित अपराधिक अदालतले ११ दिन लामो बयानपछि सफाई दिएका हुन् । उनीहरुले आँफुविरुद्ध लागेको आरोपको खण्डन गर्दै आएका थिए ।
२०१५ मा ब्लाटरले २०११ को फेब्रुअरीमा फिफाद्धारा प्लाटिनीलाई भुक्तान गर्ने व्यवस्था बमोजिम १.६ मिलियन पाउन्ड भुक्तानी सुरु गरेपछि नोभेम्वरमा यि दुई विरुद्ध नै भष्ट्रचारको मुद्धा लागेको थियो ।
मुद्धाले ब्लाटरलाई २०१५ मा फिफा अध्यक्ष छाड्न बाध्य पारेको थियो । उनी १७ वर्षपछि फिफाको अध्यक्षबाट बाहिरिनु परेको थियो । यस्तै फ्रान्सका पुर्व मिडफिल्डर प्लाटिनीलाई पनि ब्लाटरको उत्तराधिकारी हुने आशा समाप्त भएको थियो ।
शुक्रबार विहान स्वीस संघीय फौजदारी अदालत बाहिर बोल्दै ब्लाटरले भने, ‘म मेरो जीवनमा निर्दाेष छैन तर यस मामलामा म निर्दाेष छु ।’
उनले यसो भनेको केही समयमै ब्लाटरसँगै प्लाटिनीले पनि सफाइ पाए । फैसलापछि प्लाटिनीले आफुविरुद्ध मुद्धा चलाउने विरुद्ध लाग्ने बताएका छन् ।
‘म फिफाको बारेमा बोल्दिन, म भष्ट्राचारको बारेमा बोल्दिन, म मेरो बारेमा बोल्दैछु ।’ ब्लाटरले भने, ‘मैले केही गल्ती गरेको छैन । म मेरो चेतनासँग स्वच्छ छु । म मेरो आत्मसाग स्वच्छ छु ।’
प्लाटिनीसँगको आफ्नो सम्वन्धको बारेमा ब्लाटरले भने, ‘यो राम्रो सम्बन्ध हो, हामी वर्षाैंदेखि अलग छौं, तर हामी अझै राम्रो साथी छौं ।’





