आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पोखरा न्युरोड अरबौको जग्गा प्रकरण : कोइराला परिवार पुनरावेदन अदालत जाने

पोखरा न्युरोड अरबौको जग्गा प्रकरण : कोइराला परिवार पुनरावेदन अदालत जाने


  • ढोरपाटन संवाददाता
  • असार २५ २०७९, शनिबार

पोखरा/ जिल्ला अदालत कास्कीले पोखरा न्युरोडमा रहेको अरबौ रुपैयाँ पर्ने जग्गा सार्वजानिक हुने फैसलाविरुद्ध कोइराला परिवार पुनरावेदन अदालत जाने भएका छन् ।
पोखरा महानगरपालिकाका ४ का राजेन्द्रनिधि कोइरालाको परिवार कानूनी उपचारका लागि पुनरावेदन जाने भएका हुन ।

पोखरा महानगरपालिकाको कार्यालय नजिकै रहेको ५ रोपनी भन्दा बढि जग्गाको दाबी गरेका राजेन्द्रनिधि कोइराला, शकुन्तला कोइराला र भरतराज कोइरालाविरुद्ध जिल्ला अदालतले फैसला गरेपछि अन्यायमा परेको भन्दै पुनरावेदन अदालत जान लागेका हुन् । जिल्ला अदालतको फैसलापछि पीडित भएको भन्दै राजेन्द्रनिधि कोइरालाले पैतृक सम्पत्तिमाथि दाबी गरेको बताए । उनले भने ‘हामीसँग त सर्वोच्च अदालतको फैसलापनि छ । सर्वोच्च अदालतको आदेश मान्ने होला नि ? हामीले सार्वजनिक जग्गा, पाटीपौवाको जग्गा दाबी गरेका होइनौ’, उनले भने ।

केही वर्षको जग्गाको तिरो समेत तिरेको भन्दै जग्गाको लालपुर्जा परिवारको नाममा हुँदाहुँदै जिल्ला अदालत कास्कीले नियोजित रुपमा सार्वजनिक हुने फैसला गरेको आरोप लगाए ।

आफुहरुले भोगचलन गर्दै आएको जग्गामाथि केही स्वार्थ भएका व्यक्तिहरुले मुद्दा हाली गलत गरेको उनको तर्क छ । उनले रिस, डाहका कारण यस्तो भएको सुनाए । कोईराला परिवारले उक्त जग्गाको अन्तिमपटक जरिवानासहित ८ लाख ५२ हजार ३ सय ५८ रुपैयाँ कर तिरिसकेका छन् । जिल्ला अदालत कास्कीले आफुहरुसँग भएको प्रमाण नहेरी एकोहोरो व्यक्तिको नाममा रहेको जग्गा सार्वजनिक हुने भन्दै गरेको फैसलाले अन्याय भएको शकुन्तला कोइरालाले बताइन् ।

‘अहिले अदालतले जिल्लाको सर्वाेच्चको कागज नहेरिकन एकोहोरो फैसला गरेको छ । त्यो कसको दबाबमा गरेको हो थाहा भएन, उनले भनिन्, ‘त्यो जग्गा अहिलेसम्म हाम्रै भोगचलनमा छ ।’पोखरा महानगरपालिकाले उक्त स्थानमा डोजर चलाएर अस्थाई रुपमा बनेका संरचना भत्काएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->