बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

त्रिभुवन विश्वविद्यालयको विरुद्धमा गण्डकी प्रदेशसभा अघि विरोध (फोटो फिचर)

त्रिभुवन विश्वविद्यालयको विरुद्धमा गण्डकी प्रदेशसभा अघि विरोध (फोटो फिचर)


  • विजय नेपाली
  • असार २६ २०७९, आइतबार

पोखरा/त्रिभुवन विश्वविद्यालयको विरोध गर्दै विद्यार्थीहरुले गण्डकी प्रदेश सभा अघि नाराबाजी गरेका छन् ।

विविए छैटौं सेमेस्टरको संगठनात्म व्यवहार विषयको परीक्षामा त्रुटि भएको कारण परीक्षा रद्ध भएको र असार २५ गते संचालन भएको नेपाली समाज र राजनीति विषयको परीक्षामा समेत सोहि गल्ती दोहोरिएको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

उनीहरुका अनुसार आन्तरिक परीक्षाकै हुबहु प्रश्नपत्र आएको थियो । त्रि.विको गम्भिर लापरवाहिका कारण विद्यार्थीको मिहेनत खेर गएको उनीहरुको गुनासो छ ।

गण्डकी प्रदेश सभामा बैठक चलिरहँदा उनीहरुले विरोध गरेका हुन् । उनीहरुले त्रि.वि र शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै नाराबाजी गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->