आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बागलुङ समाज बेल्जियमको अध्यक्षमा पन्त र महासचिवमा पौडेल

बागलुङ समाज बेल्जियमको अध्यक्षमा पन्त र महासचिवमा पौडेल


  • ढोरपाटन संवाददाता
  • असार ३० २०७९, बिहिबार

बागलुङ / बागलुङ समाज बेल्जियमको अध्यक्षमा महेन्द्र पन्त चयन भएका छन् । बेल्जियमको लुभेनमा १० जुलाईमा सम्पन्न भएको बागलुङ समाज बेल्जियमको पाँचौं अधिवेशनले अध्यक्षमा पन्तलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

समाजको सवै कार्य समिति सर्वसम्मत रुपमा चयन भएको छ । समाजको बरिष्ठ उपाध्यक्षमा धर्म पाठक, तीन उपाध्यक्षमा कर्ण अधिकारी, हरि रोका, कल्पना घिमिरे चयन भएका छन् ।

समाजको महासचिवमा प्रभात पौडेल, सचिवमा हरि शर्मा, कोषाध्यक्षमा रघु आचार्य, सहकोषाध्यक्षमा बावुराम सापकोटा र सदस्यहरुमा दुर्गा सापकोटा, जयराम केसी, तारा बहादुर जिसी, सुनिता सापकोटा, हरि खड्का, दिपक जिसी र बिदुर केसी चयन भएको सचिव शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->