आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

विकासको काममा जिन्दावाद– मुर्दावाद नगरौं : मेयर आचार्य

विकासको काममा जिन्दावाद– मुर्दावाद नगरौं : मेयर आचार्य


  • ढोरपाटन संवाददाता
  • साउन १ २०७९, आइतबार

पोखरा/ पोखरा महानगरका मेयर धनराज आचार्यले विकास निर्माणको विषय जिन्दावाद र मुर्दावाद गर्ने विषय नरहेको बताएका छन् । शनिबार विहान कालीगण्डकी–पोखरा (लेखनाथ) १३२ कभी प्रशारण लाइनबाट ६ सय मिटर भूमिगत केवल तथा विरौटा सवस्टेसन निर्माण आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षणको मस्यौदा प्रतिवेदन सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अधिकांश विकास निर्माणका परियोजना अगाडि बढाउँदा निर्माण गर्ने पक्ष र स्थानीय बीच द्वन्द्व हुने गरेको चर्चा गर्दै दुबै पक्ष इमान्दार बन्नुपर्ने धारण राखे । ‘निर्माण गर्ने पक्षले पनि के हो वास्तविकता प्रभावित क्षेत्रका वासिन्दालाई नभन्ने अनि प्रभावित क्षेत्रका वासिन्दाले पनि वास्तविकता के हो भन्ने नबुझ्दा समस्या आउने गरेको छ । यसलाई यस्तो यस्तो अवस्था हो । भनेर इमान्दारितापूर्वक भन्ने र स्थानीयले पनि राम्रोसँग बुझेर सहजीकरण गर्ने हो भने समस्या हुँदैन’, उनले भने, ‘यस्ता विषयमा समस्या आए स्थानीय सरकार नागरिकको पक्षमा सहजीकरण गरिदिन तयार हुन्छ र गर्छपनि । नभए विरोध पनि भइरहने र विकासमा पछि परिने भइरहन्छ ।’

मेयर आचार्यले थप विद्युत सवस्टेसन निर्माण पोखरावासीले लोडसेडिङ बेहोनुपर्ने दिन आउने भन्दै निर्माणमा सहजिकरण गर्न स्थानीयलाई आग्रह गरे ।
विद्युत जहाँ घना बस्ती छ त्यहीँ आवश्यक पर्ने भएकाले बस्तीको बीचमा पछिल्ला दिनमा विद्युत सवस्टेशन बन्ने गरेका उदाहरण पेश गरे । ‘विद्युत र पानी जहाँ धेरै घर छन् त्यहीँ धेरै चाहिन्छ । अन्यावश्यक सेवा हो । तपाई काठमाडौंको रत्नपार्क हेर्नुस्, सिंहदरबार हेर्नुस्, कोटेस्वर हेर्नुस् त्यहाँ तल सवस्टेशन छन्, त्यसको माथि कार्यालय छन् । अहिलेको प्रविधिलाई पनि बुझ्नुपर्छ र अन्यत्र कस्तो अभ्यास छ भनेर पनि जानकारी लिनुपर्छ’ उनले भने ।

मेयर आचार्यले आयोजनाका लागि पहिले नै छुट्याइएको जमिन या आयोजना स्थल वरपर बस्ती विस्तार गर्दै जाने अनि आयोजनालाई त्यहाँबाट अन्यत्र लैजाऊ भन्ने विषय पेचिलो विषय भएको बताए । उनले त्यस अनुरुपको मापदण्ड नबन्दा पनि समस्या रहेको औंल्याए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->