मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

पोखराको न्यायिक इजलास सञ्चालनमा

पोखराको न्यायिक इजलास सञ्चालनमा


  • ढोरपाटन संवाददाता
  • साउन ३ २०७९, मंगलबार

पोखरा/ पोखरा महानगरपालिकाको न्यायिक इजलास सञ्चालनमा आएको छ । स्थानिय तह निर्वाचनको उम्मेदवारी दर्ता भएसँगै स्थगित भएको इजलास नयाँ जनप्रतिनिधि आएसँगै सञ्चालनमा आएको हो । नेपालको संविधानले न्यायिक समितिको संयोजक उमेयर रहने र दुई जना सदस्य नगरसभाबाट मनोनित गर्ने व्यवस्था रहेको छ ।

उपप्रमुख मञ्जुदेवी गुरुङ समितिको दोस्रो कार्यकाल सम्हाल्दै छन् भने संवैधानिक व्यवस्थाअन्तर्गत महानगरको एघारौँ नगरसभाबाट न्यायिक समिति सदस्यमा नगर सदस्यद्धय कालिदास पोखरेल र भावना श्रेष्ठ मनोनित भएसँगै न्यायिक समितिले पूर्णता पाएको थियो ।

महानगरको न्यायिक इजलास हप्तामा दुई दिन सञ्चालन हुँदै आएको छ । इजलास सोमबार र बुधबारबस्ने गरेको छ ।नयाँ समितिलेसाउनको पहिलो सोमबारबाटै इजलास सुरुवात गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->