मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

पोखराको प्राथमिकता पूर्वाधार निर्माण : उपमेयर गुरुङ

पोखराको प्राथमिकता पूर्वाधार निर्माण : उपमेयर गुरुङ


  • ढोरपाटन संवाददाता
  • साउन ५ २०७९, बिहिबार

पोखरा/ पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखा महानगरले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताएकी छन् । ‘पोखराका सबै वडामा समानुपातिक विकास हुनुपर्छ भन्ने मान्यता राखेर अगाडी बढेका छौ । त्यसैले भरर्खर नयाँ बजेट ल्याएका छौ’,गोरखनाथ ढलानब बाटोको बुधबार उद्घाटन गर्दै उनले भनिन्,‘ बजेटमा हामीले पूर्वाधारलाई प्राथमिकता दिएका छौ ।’ उनले चालु आर्थिक वर्षमा पूर्वाधार निर्माणको लागि ४ अर्व ५३ करोड बजेट विनियोजन गरेको दिइन् ।

कार्यक्रमा पोखरा ३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदी, वडा नम्वर ३१ का अध्यक्ष ढकनाथ कँडेल, नरनारायण थापा, राममणि अधिकारी, गोरखनाथ बाबा ढलान बाटो निर्माण समितिका सचिव कृष्णप्रसाद ढुंगाना, शिव गोरक्षनाथ पीठ सिद्धाश्रमका सचिव भरतप्रासद तिवारीलगायतले साविक लेखनाथको विकासलाई प्राथमिकता दिन आग्रह गरिएको थियो ।पोखरा महानगरपालिकको १२ लाख रुपैयाँको लागतमा २०५ मिटर सडक ढलान गरिएको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->