पोखरा, १० साउन–तपाई सेवाग्राही भएर जानुहोस, वडाले तपाईंको काम पनि गर्छ, निशुल्क स्वास्थ्य जाँच पनि गरिदिन्छ । वडाको कामले जाँदा आपतकालीन अवस्थामा निशुल्क स्यानिटरी प्याड पनि दिन्छ ।
जनताका आधारभूत र प्रशासनिक कामसगै पोखराका १३ का वडाध्यक्ष किरण बरालले आफ्नो वडामा स्वास्थ्य सँग सम्बन्धित सेवालाई समेत सँगसँगै अगाडि बढाएका छन ।
“सेवाग्राहीकै सेवाको लागि हामी बसेका छौँ, तर सेवा लिन आउँदा अन्य सास्ती नहोस, उनीहरुको कामसँगै आइपर्ने समस्या र स्वास्थ्य जाँचलाई पनि अगाडि बढाएका छौँ ” उनले भने ।
पोखरा १३ ले नै पहिलोपटक तालिका नै बनाएर सेवाग्राहीलाई निशुल्क स्वास्थ्य जाँचको व्यवस्था मिलाएको छ ।
बरालका अनुसार फास्टिङ ब्लड सुगर (ँद्यक) प्रत्येक हप्ताको बुधबार ८ बजे जाँच हुनेछ भने, एएद्यक् खाना खाएको दुई घण्टापछि १० देखि ५ बजेसम्म जाँच हुनेछ ।
¥यान्डम ब्लड सुगर (च्द्यक्) चाहिँ हरेक दिन १० देखि ५ बजेसम्म जाँच हुनेछ । “वडामा आउने सेवाग्राहीले सेवासँगै स्वास्थ्य परिक्षण पनि गराएर फर्किने व्यवस्था गरेका छौँ ” उनले भने ।
ब्लड सुगर बाहेक वडाले हेमोग्लोबिन, ब्लड ग्रुप, युरिक एसिड, HCV, VDRL, युरिन लगायतका परिक्षण हुन्छन । “यही श्रावण १ गतेदेखि निशुल्क स्वास्थ्य परिक्षण गर्न लागिएको हो ” बरालले बताए ।
यसबाहेक वडामा आउने सेवाग्राहीलाई निशुल्क सेनिटरी प्याडको व्यवस्था समेत गरिएको उनले जानकारी दिए ।





