आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

तमु संघमा बेदबहादुर र महासचिवमा हुमबहादुर गुरुङ

तमु संघमा बेदबहादुर र महासचिवमा हुमबहादुर गुरुङ


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०७९, शनिबार

पोखरा – नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर गुरुङ (श्याम) र महासचिवमा हुमबहादुर गुरुङ चयन भएका छन् । संघको शनिवार पोखरामा समपन्न केन्द्रिय समितिको विस्तारित भेलाबाट संयोजकमा श्याम र महासचिवमा हुम बहादुर चयन भएका हुन् ।

नेकपा एमालेको मोर्चा संगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ अन्तरगतको संघको भेलाले दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको हो । आयोजक समिति १५१ सदस्यीय रहेको छ।

बिस्तारित बैठक तथा भेलाको उद्घाटन गर्दै नेकपा एमाले स्थायी समितिका सदस्य एवम नेपाल लोकतान्त्रिक तमु संघ केन्द्रिय समितिका अध्यक्ष किरण गुरुङले संघको स्थापनाको एतिहासिकता, संघको गतिबिधी र आगामी कार्यदिशा प्रष्ट पारेका थिए । उनले अधिकारको आन्दोलनको नाउँमा अतिरञ्जित रुपमा थेग्नै नसक्ने माग थपिदै गएकाले आदिवासी आन्दोलनले पाउनसक्ने अधिकार समेत प्राप्त हुन नसकेको वताए ।

आदिवासी आन्दोलनलाई झुक्याउने काम माओवादीले गरेको आरोप लगाउदै गुरुङले नेपालमा कुनै समुदायको बाहुल्यता नभएकाले प्रदेसको नामाकरणमा जातिय पहिचान स्थापित गर्न नसकेको बताए । तर पनि समुदायको अधिकारका लागि संबिधानले ब्यवस्था गरेको अधिकार सुनिश्चित गर्न जोड दिनुपर्ने बताए । लोकतान्त्रिक तमु संघले संबिधानले दिएको अधिकार र एमाले पार्टीले निर्दिष्ट गरेको व्यवस्थालाई पुर्ण रुपले उपयोग गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य एवम लोकतान्त्रिक तमु संघका वरिष्ठ उपाध्यक्ष परशुराम मेघी गुरुङले तमु समुदायभित्र एमालेको असल बिचार प्रवेश गराउन र अब्बल कार्यकर्ता निर्माण गर्न समुदायको अधिकार एतिहासिक भौतिकवादी द्वन्द्वात्मक प्रगतिशील ढंगले खोजी गर्न तमु संघको गठन गरिएको बताए । समुदायको अस्तित्व र पहिचान स्थापित गर्न र नागरिक स्वतन्त्रता एवम अधिकारका लागि संघको अभियान भएको उनले जानकारी दिए ।

एमाले केन्द्रिय सदस्य एवम नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका सहइन्चार्ज पासाङ शेर्पाले शुभकामना व्यक्त गर्दै भावना र मस्तिष्कले लोकतान्त्रिक तमु संघ एमाले बन्नु पर्नेमा जोड दिए । उनले तमु भए एमाले बिर्सने, एमाले भए तमु बिर्सने कुरा गलत भएकाले त्यसो गर्न नहुने बताए ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघका महासचिव पेम्बा भोटेले एमाले बलियो भए मात्र आदिवासी जनजाती लगाएत तमुको अधिकार सुनिश्चित हुने दावी गरे ।

लोकतान्त्रिक तमु संघका केन्द्रिय अध्यक्ष किरण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मिनाकुमारी गुरुङले स्वागत र महासचिव बेदबहादुर गुरुङ (श्याम)ले संचालन गरेको कार्यक्रममा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित तमु उपमेयर, अध्यक्ष, उपाध्यक्षहरुलाई संघका केन्द्रिय अध्यक्ष किरण गुरुङले खदा लगाएर सम्मान गरेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->