पोखरा, १६ साउन–दोविल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा पोखराको दोविल्लाघाटमा वृक्षारोपण, बिरुवा गोडमेल तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागि पोखरा महानगर वडा नं.२१ का वडाध्यक्ष दीपक सुवेदीले सार्वजनिक जग्गाको संरक्षणमा सबैको सहयोग लिएर अगाडि बढ्ने बताए ।
वडाध्यक्ष सुवेदीले दोविल्लाघाटको संरक्षण र विकासका लागि वडाले पहल गर्ने प्रतिवद्धता समेत जनाए ।
उक्त घाटको सार्वजनिक उपयोगका लागि शौचालय, प्रतिक्षालय, शव जलाउनका लागि आवश्यक पर्ने दाउराहरु राख्नका लागि सुविधा सम्पन्न भवनहरु पनि निर्माण गरिएको अध्यक्ष रायमाझीले बताए ।
कार्यक्रममा वडाकै बासिन्दा भई हाल अमेरिकामा रहनुभएका समाजसेवी गोपाल रायमाझी र श्रीमति शशी रायमाझीले घाटको संरक्षण तथा विकासका लागि नगद १ लाख ८ हजार रुपैयाँ सहयोग गरे ।
त्यसैगरी रायमाझी दम्पतिले स्थानीय अशक्त र दलित नौं महिलाहरु जनालाई जनही नगद ७ हजार सहयोग रकम पनि हस्तान्तरण समेत गरेका छन् ।
स्थानीय रघैचौर आमा समूहलाई नगद २१ हजार, भैरवकोट मन्दिरलाई नगद ११ हजार, केशरमाला मन्दिरलाई नगद ११ हजार तथा रघैचौर भगेँर देउता मन्दिरलाई पनि नगद ११ हजार रुपैँयाँ सहयोग गरेका हुन् ।





