बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जोन्टाको स्तनपान जनचेतना कार्यक्रम

जोन्टाको स्तनपान जनचेतना कार्यक्रम


  • ढोरपाटन सम्वाददाता
  • साउन १६ २०७९, सोमबार

पोखरा, १६ साउन–विश्व स्तनपान सप्ताहको अवसरमा जोन्टा क्लव अफ पोखराले स्तनपान सम्वन्धी शिक्षा र समर्थन कार्यक्रम संचालन गरेको छ ।

क्लबले दिवसको पहिलो दिन सोमवार पोखरा महानगरपालिका वडा नम्बर ३ मा सुरक्षित स्तनपान कक्षको स्थापनाका साथै सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा वोल्दै पोखरा –३ का वडाअध्यक्ष प्रकाशमान उदासले स्तनपानलाई एक महत्त्वपूर्ण सार्वजनिक स्वास्थ जिम्मेवारीका रुपमा समर्थन र वहस गर्न आवश्यक रहेको बताए ।

जोन्टा क्लव अफ पोखराका अध्यक्ष मोनिका थापाले बच्चा जन्मेपछि ६ महिनासम्म आमाकै दूध खुवाउनु पर्नेमा जोड दिदैँ आमाको दुध वाहेक अन्य कुरा खुवाउँदा बच्चाको स्वास्थ्यमा असर पर्ने बताइन् ।

स्तनपान सम्वन्धी सचेतनामुलक कार्यक्रम पोखराका विभिन्न वडा कार्यलयहरुसंगको सहकार्यमा सप्ताहव्यापी रुपमा संचालन गरिने अध्यक्ष थापाले जानकारी दिनुइन् ।

कार्यक्रममा स्त्रीरोग विशेषज्ञ डा.प्रविण श्रेष्ठले स्तनपानको महत्त्वका विषयमा सहजीकरण गरेका थिए । त्यसैगरी फिजियोथेरापी डाक्टर सुव कोईरालाले गर्भवती र सुत्केरी अवस्थामा महिलाले गर्नु पर्ने व्यायमका विषयमा सहजिकरण गरिन् ।

त्यस्तै, पोषण तथा आहार परामर्शदाता डाक्टर विद्या रघुनादन कायस्थले सन्तुलित भोजनका विषयमा सहजिकरण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->