शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

नेपाल आदिवासी जनजाति महासंघले विश्व आदिवासी दिवस मनाउने

नेपाल आदिवासी जनजाति महासंघले विश्व आदिवासी दिवस मनाउने


  • ढोरपाटन सम्वाददाता
  • साउन १९ २०७९, बिहिबार

पोखरा,१९ साउन– नेपाल आदिवासी जनजाति महासंले पोखरामा विश्व आदिवासी दिवस एक समारोहका बिच मनाउने भएको छ ।

विगत वर्षमा झै यो वर्षपनि संघले विभिध सांस्कृतिक कार्यक्रम सहित २ जना अग्रजलाई सम्मान गरि दिवस मनाउने भएको हो ।

नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समन्व्य परिषद्, पोखराले आज पत्रकार सम्मेलनको आयोजना गर्दै दिवस मनाउन लागेको जानकारी दिएको हो ।

विश्वभरका आदिवासी जनजातिहरुले अगष्ट ९ लाई विश्व आदिवासी जनजाति दिवसको रुपमा मनाउँदै आइरहेका छन् । संघका सचिव सुजन कुमार लामाले काठमाडौंबाट आदिवासी विज्ञ बोलाइ अन्तरक्रिया समेत गर्ने जानकारी दिए ।

उनले प्रदेश समन्वय परिषद्को आयोजना र कास्की जिल्लाको सह आयोजनामा साउन २४ गते कार्यक्रमको आयोजना गर्न लागेको बताए ।

गण्डकी प्रदेश अध्यक्ष धर्म बहादुर गुरुङले २४ गते विहान चिप्लेढुंगाबाट आ–आफ्नो जातिय मौलिक झाँकी सहित ¥याली निकालेर नेपाल मगर संघ कास्कीको भवनमा पुगि औपचारिक कार्यक्रम गरिने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->