शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

मालेपाटन आठौं खुला तिजगीत तथा महिला खेलकुद प्रतियोगिता भदौमा

मालेपाटन आठौं खुला तिजगीत तथा महिला खेलकुद प्रतियोगिता भदौमा


  • ढोरपाटन सम्वाददाता
  • साउन २१ २०७९, शनिबार

पोखरा, २१ साउन– पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको सुर्यचन्द्र विकास समाजले भदौ १२ देखि १४ गतेसम्म आठौं संस्करणको खुला तिजगीत तथा महिला खेलकुद प्रतियोगिता गर्ने भएको छ ।

कोभिडका कारण दुई वर्ष स्थगित प्रतियोगिता यस वर्ष सञ्चालन गरिने सुर्य चन्द्र विकास समाजले जनाएको छ ।

तिज गित प्रतियोगितासँगै महिलाहरुको छेलो प्रतियोगिता र दौड प्रतियोगितासमेत राखिने अयोजकले बताएको छ ।

तिज गित प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २० हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार र सान्त्वनाले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

साथै उत्कृष्ट भेषभुषा, उत्कृष्ट नृत्य र दर्शक उत्कृष्ट नृत्यमा पनि पुरस्कार राखिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा ५ लाख ३८ हजार खर्च हुने बताइएको छ । प्रतियोगिता मालेपाटन खेल मैदानमा हुनेछ ।

प्रतियोगितालाई भव्यरुपमा सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->