शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

जैमिनीको विकासका लागि एकढिक्का हौंः मन्त्री पौडेल

जैमिनीको विकासका लागि एकढिक्का हौंः मन्त्री पौडेल


  • ढोरपाटन संवाददाता
  • साउन २१ २०७९, शनिबार

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जैमिनीको विकासका लागि राजनैतिक विचारबाट माथि उठ्नुपर्ने वताएका छन् । जैमिनी नगर सेवा समाज काठमाडौंले शनिवार आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले समग्र जैमिनीको विकासका लागि सवै एक हुनुपर्ने वताएका हुन् ।

‘धार्मिक, सास्कृतिक र पर्यटकीय रुपमा महत्वपूर्ण जैमिनीको विकासका लागि हामी सवै राजनैतिक विचारभन्दा माथि उठ्नु पर्दछ’, मन्त्री पौडेलले भने, ‘ऋषीसंग जोडिएको जैमिनीले साँच्चिकै ऐतिहासिक महत्व बोकेको छ, यसको विकासका लागि सवै एकजुट भएर जुटौं । विचार आ–आफ्ना होलान तर जन्मभूमीको मायाले सवैलाई भावनात्मक समबन्धले जोडेको हुन्छ । हामी त्यसरी नै लाग्नु पर्दछ ।’

शिक्षा र यातायातको विकासका लागि आफु लागीपरेको वताउदै मन्त्री पौडेलले त्यस क्षेत्रमा प्राविधिकधारको शिक्षा सञ्चालन गर्न कार्ययोजना लिएर आउन समाज र त्यहाँ निर्वाचित जनप्रतिनिधीलाई आग्रह गरे । ‘मौका यही हो, तपाईहरु कार्यक्रम लिएर आउनुहोस, हामी निर्णय गरीहाल्छौ । पछि के हुन्छ के ?’

कार्यक्रममा संघिय सांसद सूर्य पाठकले जिल्लाको मुटुको रुपमा रहेको दक्षिणी जैमिनी क्षेत्रमा जनताले सोचेजस्तो विकास हुन नसकेको वताउदै हामी सवै जुट्दा त्यो सम्भव हुने वताए । कालीगण्डकी करीडोर र गुल्मीको शान्तिपुर पुग्ने सडकलाई कालोपत्रे गर्न सक्दा त्यस क्षेत्रले मुहार फेर्ने वताउदै उनले कतिपय संरचनागत समस्याले अल्झिएको वताए ।

सो अवसरमा सांसद मना केसीले जन्मभुमीको माया र समाजको नाता सवैभन्दा प्यारो हुने वताउदै सवै गोलवन्द भएर लाग्नुपर्ने वताईन ।
जैमिनी नगरपालिकाका प्रमुख नरवहादुर पुनले आफुहरु जैमिनी नगरलाई आत्मनिर्भर बनाउन लागि परेको वताउदै त्यहाँ आयोजना हुने विज्ञ सम्मेलन र स्थानीयवासीको लगानी सम्मेलनमा सवैलाई निम्ता गरे । नगर उपप्रमुख हरिहर शर्माले जैमिनीको विकासका लागि स्थानीय तहबाट आफुहरु लाग्ने र वाहिरबाट समाजका सवैबाट सहयोगको अपेक्षा राखे ।

संविधानसभाका सदस्य वलावती शर्मा, परीक्षा वोर्डका अध्यक्ष डा. महाश्रम शर्मा, नेपाल उधोग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, बागलुङ जिल्ला समन्वय समितिका उपप्रमुख होमनाथ सापकोटा, पूर्व विद्यार्थी नेताहरु हिमाल शर्मा र भीम श्रीस, पूर्व नगर प्रमुख इन्द्रराज पौडेल लगायतले जैमिनीको विशेषता र त्यसको संमबद्र्धनका लागि खेल्नुपर्ने भूमिकाको वारेमा वोले ।
जैमिनी नगर सेवा समाजका अध्यक्ष हरि प्रसाद आचार्यको सभापतित्वमा भएको पुस्तक विमोचन कार्यक्रमको सञ्चालन सदस्य विष्णु प्रसाद आचार्यले र स्वागत मन्तव्य चिन्तामणी पौडेलले ब्यक्त गरे ।

जैमिनी दर्पण विमोचन
जैमिनी नगर सेवा समाज काठमाडौंले प्रकाशन गरेको ‘जैमिनी दर्पण’ शनिवार विमोचन गरियो । शिक्षा मन्त्री पौडेल र उपस्थित अतिथिहरुले उक्त पुस्तकको सामुहिक रुपमा विमोचन गरे ।

विमोचनपछि वोल्दै मन्त्री पौडेलले पुस्तक जैमिनी क्षेत्रको ऐतिहासिक दस्तावेज हुने वताए । ‘पुस्तकले समग्र जैमिनीको भाषा वोलेको छ’, मन्त्री पौडेलले भने, ‘यो सेवा समाजको मात्रै होइन, हामी सवैको सम्पती बनेको छ ।’

पुस्तकको समिक्षा गर्दै डा. दिनबन्धु शर्माले अनुसन्धान र खोजमुलक तथ्यहरु समावेश गरेर तयार भरिएको पुस्तकका विशेष आलेखहरु सन्दर्भ सामग्री बन्ने वताए । उनले समाज र लेखकहरुको प्रयत्नले पुस्तक संग्रहणीय भएको उल्लेख गरे ।

काठमाडौं जिल्ला शिक्षा समन्वय प्रमुख नन्दलाल पौडेलले पुस्तक जैमिनीलाई चिनाउने महत्वपूर्ण साधन भएको वताउदै यसलाई स्थानीय सरकारलाई विद्यालयहरुमा स्थानीय पाठ्यक्रमको रुपमा स्विकार्र्न अनुरोध गरे ।

पुस्तकका प्रधान सम्पादक शेषनाथ पौडेलले पुस्तक प्रकाशनमा भाषा र तथ्यहरुलाई विशेष महत्व दिएको उल्लेख गर्दै शिक्षा मन्त्रीलाई नेपाली भाषाको विषयमा राज्यले अलि बढि ध्यान दिन सुझाए ।
जैमिनीको समग्र पक्षलाई समेटेर तयार पारेको पुस्तकमा २३ जना ब्यक्तिका लेखहरुलाई समावेश गरिएको छ ।
जैमिनी दर्पणको सम्पादकमा हिमलाल पुरी र यम विरही रहेका छन् । प्रकाशन समितिको संयोजकमा विष्णु शर्मा आचार्य र सदस्यहरुमा केशवराज शर्मा चालिसे, रामचन्द्र आचार्य, बुद्धिमाया पुन र कृष्ण पौडेल रहेका छन् ।

पौडेल र शर्मा सम्मानित
जैमिनी नगर सेवा समाजले सोही कार्यक्रममा दुई जना ब्यक्तिलाई सम्मान गरेको छ । हालै समपन्न नेपाल प्रेस यूनियनको महाधिवेशनबाट निर्वाचित महासचिव दिलिप पौडेल र ठमेल पर्यटन परिषदको अध्यक्षमा निर्वाचित भविश्वर शर्मा ढुंगानालाई सम्मान गरेको हो । उनीहरु दुवैजना जैमिनी निवासी हुन् । कार्यक्रममा पत्रकार मोहराज शर्माले कविता बाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->