पोखरा/विजयपुर फाउन्डेसन तथा विजयपुर युनाइटेड क्लबले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ युनिट रगत संकलन भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष नरेन्द्र थापाले पहिला रक्तदाता परिवेश थापालाई ब्लड व्याग हस्तान्तरण गर्दै उद्घाटन गरे ।
सोहीक्रममा बोल्दै उनले एउटा मानिसको लागि जीवनसँग गांसिएको बताए । रक्त अभाब भएको बेलामा यस्ता कार्यक्रमहरूले विरामीलाई नयाँ जीवन दिने माध्यम बनेको उनले बताए ।
क्लबले जस्तै विभिन्न ठाउँमा बेला बेलामा रक्तदान कार्यक्रम राख्न आवश्यक रहेको र यस्तो कार्यक्रमलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
उनले क्लबले गरेको कामको प्रशंसा गर्दै धन्यवाद समेत दिए । क्लबका अध्यक्ष सुवर्ण बरालको अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाल ट्रेड युनियन नेता तथा लेखनाथ खानेपानीका अध्यक्ष मुरारी शर्माले रक्तदानको महत माथि प्रकाश पारेका थिए ।
त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य चन्द्र बहादुर रानाभाट , युवा नेता ओम बस्नेत, पुर्व जनप्रतिनिधि खड्गबहादुर रानाभाट, जनप्रतिनिधि तिर्थ रानाभाट, लगाएले बोलेका थिए । कार्यक्रम सन्चालन सचिव सुदिप पनेरूले गरेका थिए ।





