पोखरा/पोखरा महानगरपालिका वडा नं १० शिवचोक स्थित अन्नपुुर्ण बाल तथा महिला अस्पतालमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।
कुँुडहर आधाभुुत बिध्यालयका विधार्थी, शिक्षक तथा विधार्थीका अभिवावकहरुको निःशूल्क स्वास्थ्य परिक्षण गरिएको हो ।
अस्पतालको सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रम गरेको अस्पताल सन्चालक सन्तोष पान्डेले जनकारी दिए ।
पोखरामा पहिलो पटक महिला तथा बालबालिका अस्पताल संचालनमा ल्याउादै स्तरीय सेवा प्रदान गरेको उनले बताए ।
उनले अस्पताललाई आगामी दिनमा थप व्यवस्थित र जनमैत्री बनाउने प्रतिबद्धता समेत व्यक्त गरे । अस्पताल व्यवस्थापन समिति अध्यक्ष विश्व घिमिरेले यस्ता सामाजिक उत्तरदायित्वका कामहरुलाई निरन्तरता दिदै जाने बताए ।
शिविरमा ९० जना विधार्थी तथा तिनका अभिवावकहरुले स्वास्थ्य परीक्षण गराएका थिए । उक्त स्वास्थ्य शिविरमा सामान्य देखि दाँत, आँखा, कानको तथा पिसाबको समेत परीक्षण गरिएको थियो ।
यस्तै अस्पताल र विधालयबीच विधार्थी तथा शिक्षकलाई उपचारमा २५ प्रतिशत सहुृलियत दिने सहमती भएको छ । विधालयको तर्फबाट प्रध्यानाधापक निलकण्ठ पाठकको उपस्थिती रहेको थियो ।
अघिल्लो वर्ष विधालयमा भएको शिविर फलदायी भएका कारण यो वर्ष पनि अस्पताललाई आग्रह गरिएको प्र.अ.पाठकले जानकारी दिए ।
स्वास्थ्य परीक्षणमा बालरोग विशेषज्ञ डा. किरण शर्मा , विधान घिमिरे साथै सुुगर प्रेसर तथा थाइराईड रोग बिशेषज्ञ फिजिसियन डा. सुरज लामिछाने लगाएतको उपस्थिती रहेको थियो ।
शिविरको महत्व वारेमा प्रकास पार्दै बालरोग विशेषज्ञ डा.किरण शर्माले बालबालिकाले डाक्टरको परामर्श विना औषधि सेव गर्दा गम्भिर असर देखिने हुदाँ परामर्श विना सेवन नर्गन आग्रह गरे ।
रामघाट युुवा कल्बका सचिव अमित गुुरुङको संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।





