पोखरा /गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिला जनप्रतिनिधिहरु जनसेवामा समर्पित हुँदै आयआर्जनसंग जोडिनु पर्ने बताएकी छिन् ।
नवलपुर मध्यविन्दु नगरपालिकाद्धारा आयोजित महिला जनप्रतिनिधिसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आर्थिकरुपमा सवल बन्नका लागि उत्पादनसंग जोडिनुको विकल्प नभएको बताइन् ।
बजार आवश्यकताको अध्ययनका आधारमा वस्तु उत्पादन गर्नुपर्ने र उत्पादित वस्तुको बजारीकरणमा स्थानीय सरकार जिम्मेवार हुनु पर्नेमा उपसभामुख शर्माको जोड थियो ।
‘पालिकामा महिला तथा वालवालिका सम्वन्धि धेरै शिर्षकमा रकमान्तर गरिएको हुन्छ’ उनले भनिन् । त्यसैको भरपुर उपयोगमा जनप्रतिनिधि महिलाहरु सचेत हुन आवश्यक रहेको बताइन् ।
स्थानीय निर्वाचनमा गठबन्धनको कारण महिला जनप्रतिधिको संख्यामा कमि आएकोमा दुःख व्यक्त गर्दै आगामी संघ र प्रदेशको निर्वाचनमा प्रत्येक्षतर्पm महिलाको संख्यामा बृद्धि गर्न सबै राजनैतिक पार्टी गम्भीर हुनु पर्नेमा जोड दिइन् ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य लक्ष्मी सुनारले समाजमा हुने प्रत्येक विभेदको अन्त्यका लागि टोलटोलमा सचेतना कार्यक्रमको खाँचो औल्याउँदै चेतनामूलक अभियानमा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताइन् ।
मध्यविन्दू नगरपालिकाका उपप्रमुख पूर्णकला चौधरीले पालिकाले जनप्रतिनिधिका लागि नेतृत्व विकास एवम् सिपमूलक तालिममलाई जोड दिंदै आएको जानकारी दिंदै न्याय संपादनमा योग्य जनशक्तिको खाँचो रहेको सुनाइन् ।
महिला जनप्रतिनिधि र विभिन्न संघसंस्थामा आवद्ध महिला गरि कूल ५० जनाको सहभागिता रहेको कार्यक्रमका सहभागिहरुले समाजमा हुने जातीय, लैङ्गिक र क्षेत्रीय विभेदको अन्त्यका लागि कानूनी तथा आर्थिक समृद्धिका अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।





