बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुस्ताङ जिल्ला अस्पतालमा पहिलो पटक शल्यकृया

मुस्ताङ जिल्ला अस्पतालमा पहिलो पटक शल्यकृया


  • ढोरपाटन संवाददाता
  • भाद्र १ २०७९, बुधबार

बागलुङ/ जिल्ला अस्पताल मुस्ताङमा पहिलोपटक प्रसूतिको सफल शल्यक्रिया भएको छ । अस्पताल स्थापनाको ४८ बर्षपछि मुस्ताङ जिल्ला अस्पतालले पहिलोपटक सफल शल्यक्रिया गरेको हो ।

बुधबार बिहान ६ बजेर ३६ मिनेटमा मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीकी २४ वर्षीया अनीता परियारको शल्यक्रियामार्फत सुत्केरी गराइएको हो । उनले २ किलो ८ सय ग्रामको बच्चा (छोरा) जन्माएकी छन् । आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. विशाल तिवारीका अनुसार अस्पतालको इतिहासमै यो नै पहिलो शल्यक्रिया हो । डाक्टर कुन्दन कर्ण (एमडीजीपी) को नेतृत्वमा डा. तिवारी, राजीव सापकोटा, नर्सद्वय सुनीता श्रीमल र नीता घर्तिमगर र सहयोगी सनीलाल परियारको टीमले शल्यक्रिया गरेको हो ।

तिवारी ६ महिनाअघिमात्रै स्थायी नियुक्ति लिएर अस्पताल गएका थिए । संघीय सरकारबाट केही रकम ल्याएर शल्यक्रियाका लागि आवश्यक उपकरण जडान गरिएको अस्पतालले जनाएको छ । ‘दुई महिना लगाएर उपकरण सेटअप गरियो’, डा. तिवारीले भने, ‘त्यसैका परिणाम बुधबार प्रसूति शल्यक्रिया गर्न सफल भयौं ।’ उनले यो सेवालाई निरन्तरता दिइने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->