मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

पहिरो पीडितलाई लायन्सको सहयोग

पहिरो पीडितलाई लायन्सको सहयोग


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०७९, बिहिबार

पोखरा/ लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालल बाढ़ीपहिरो पीडित पोखरा–२५, हेम्जा सुन्दरवस्तिमा राहत वितरण गरेको छ ।

गत असार १० गते राति ९ बजेतिर निरन्तर वर्षाको कारण घर माथिबाट आएको बाढ़ी पहिरोको कारण घरबारविहीन भएका सुन्दरवस्तिका १२ घरपरिवारलाई बुधवार घरायसी अत्यावश्यक सामग्री उपलब्ध गराएको हो ।

एक परिवारका लागि तत्कालको आवश्यकता भाँडाकुँडादेखि खाद्यान्नसहितका सामग्रीमा चामल, नुन, तेल, चिनी, चियापत्ती, प्रेसर कुकर, थाल, कचौरा, डाडु, पनियो, ब्लाङकेट, म्याट्रेसलगायतका दैनिक उपभोग्य बस्तु उपलब्ध गराइएको डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले जानकारी दिए ।पहिरोबाट ३ घर पूर्ण रूपमा पुरिएको र १२ घर परिवार बिस्थापित भएको पोखरा महानगरपालिका वडा नं २५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले बताए । राहत वितरणमा डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, द्धितीय भाइस डिष्ट्रिक्ट गभर्नर विनोद ढुङगानालगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->