पोखरा/ लागुऔषधसहित पोखराबाट प्रहरीले चारजना युवालाई पक्राउ गरेको छ ।
प्रहरीले पोखरा महानगरपालिका १९ लामाचौरका २२ वर्षीय अजय जि.सी, कास्कीको अन्नपुर्ण गाउँपालिका ११ घरमई पोखरा १६ दिप बस्दै आएका २९ वर्षीय मिलन गुरुङ र दिपकै सन्तोष गुरुङ र गोरखा भिमसेनथापा गाउँपालिका ३ घरभई हाल चितवन रत्ननगर नगरपालिका १३ माधवपुर बस्दै आएका समिर कोइरालालाई प्रक्राउ गरेको हो ।
समिरबाहेक अन्य ३ जनालाई एक साथ पक्राउ गरेको हो भने समिरलाई छुट्टै पक्राउ गरेको हो । अजय, मिलन र सन्तोषको साथबाट नुर्फिन ७० एम्पुल, सोही मात्रामा डाइजापाम र फेनारगन गरी कुल २स य १० एम्पुल लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।
यस्तै समिरको साथबाट नुर्फिन एक सय एम्पुल र सोही मात्रामा डाइजापाम र फेनारगन गरी कुल ३ सय एम्पुल लागुऔधष बरामद गरेको प्रवक्ता खड्काले जानकारी दिए ।
उनीहरु विरुद्ध आगुऔषधसम्बन्धी मुद्धामा १० दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले बताए । तनहुँतबाट पोखरातर्फ आउँदै गरेको बसमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई सोमबार पक्राउ गरिएको हो ।





