पोखरा/ पोखराका विभिन्न ठाउँमा रहेका ३२ वटा निजी शौचालय सार्वजजिनक बनेका छन् । पोखरा महानगरको आह्वानपछि उनीहरुले सर्वसाधारणको लागि शौचालय खुला गरिदिएका हुन् । महानगरले सार्वजनिक बनाइएका शौचालयहरुमा आवश्यक पर्ने सफाइ सामग्री प्रदान गर्ने भएको छ ।
महानगर प्रमुख धनराज आचार्यले बिहीबार निजी शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याइएको घोषणा गरे । पोखरा–९ न्युरोडमा रहेको सिटी स्क्वायर रेष्टुरेन्टको दुई वटा सौचालयलाई सार्वजनिक सौचालयको रुपमा प्रयोगमा ल्याउँदै अभियान सुरु गरेका हुन् ।
अभियानको सुरुवात गर्दै बोल्दै महानगर प्रमुख आचार्यले कार्यपालिकाको बैठकले सबै वडाहरु र मुख्यबजारमा सार्वजनिक शौचालय बनाउने घोषणा गरे । यो वर्ष कम्तिमा हरेक वडामा एउटा शौचालय बनाउने उनको भनाइ थियो ।





