बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

डेंगु संक्रमितको संख्या ६७०७ पुग्यो, गण्डकीमा १२८, २ को मृत्यु

डेंगु संक्रमितको संख्या ६७०७ पुग्यो, गण्डकीमा १२८, २ को मृत्यु


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०७९, बिहिबार

काठमाडौं – दैनिक डेंगु संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि  हालसम्म ६ हजार ७०७ जनामा डेंगु संक्रमण देखिएको छ । सबैभन्दा धेरै वागमती प्रदेशमा ५ हजार ६६ जनामा डेंगु संक्रमण देखिएको हो।

यस्तै, लुम्बिनीमा ९३३,  प्रदेश १ मा २५६, सुदूरपश्चिममा १६१, गण्डकीमा १२८, मधेश प्रदेशमा ११९, कर्णालीमा ४४ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये दुईजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए। हालसम्म देशभरका ७५ जिल्लामा डेंगु फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले डेंगु रोकथामका लागि केस सर्भिलेन्स भइरहेको बताए । उनले अन्नपूर्णसँग भने, ‘हामीले लार्भा खोज र नष्ट गर अभियान अघि बढाएका छौं । यस्तै डेंगु हुन नदिन सचेतनाका कार्यक्रमलाई पनि निरन्तरता दिएका छौं । ’

सरकारले डेंगु रोग सार्ने लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’को अभियानलाई तीव्र बनाउने भएको छ । सरकारका मुख्य सचिव शंकरदास बैरागीको अध्यक्षतामा बुधबार बसेको बैठकले डेंगु रोग रोकथामका लागि सचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बैठकले रोग रोकथाम तथा नियन्त्रणका लागि यथाशिघ्र मोबाइल रिङटोन बनाइ प्रचार प्रसार गर्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।

चिकित्सकहरुका अनुसार डेंगी ‘एडीस एजिप्टी’र ‘एडीस एल्बोपिक्टस’प्रजातिका लामखुट्टेहरुको टोकाइबाट सर्छ । त्यसैले यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।

लक्षणहरु

–एक्कासि ज्वरो आउने ।

–टाउको, मांसपेशी तथा जोर्नी दुख्ने ।

–थकान महसुस हुने ।

–वाकवाकी लाग्ने वा बान्ता हुने ।

–आफ्नो दैनिकी, खानपान वा अन्य कामकुरामा रुची नलाग्ने ।

–लामखुट्टेबाट जोगिने र लामखुट्टे नियन्त्रणका उपाय ।

– पूरा बाहुला भएको लुगा लगाउने ।

–झुल भित्र मात्र सुत्ने ।

–घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।

–घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने ।

–खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने ।

–साझँ र विहान करेशाबारीमा जाँदा, घर बाहिर टहलिँदा, वा पार्कमा जाँदा र बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस भनेर विशेष सावधानी अपनाउने ।

–गमलाको प्लेट, फूल दानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने ।

–पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने ।

कसरी बच्ने ?

–पुरा बाहुला भएको लुगा लगाउने ।

–झुल भित्रमात्र सुत्ने ।

–घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।

–घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने ।

–खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने ।

–पानी जम्मा गर्ने भाडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने साँझ र विहान करेशाबारीमा जाँदा, घर बाहिर टहलिँदा, वा पार्कमा जाँदा, बालबालिकालाई लैजादा लामखुट्टेले नटोकोस भनेर विशेष सावधानी अपनाउने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->