बागलुङ – नेपाल पूर्व प्रहरी संगठन बागलुङको अध्यक्षमा पूर्व प्रहरी नायव उपरीक्षक टिका वहादुर कार्की चयन भएका छन् । बागलुङ बजारमा शुक्रवार समपन्न सो संगठनको साधारण सभाले कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।
संगठनको उपाध्यक्षमा पूर्व प्रहरी हवल्दार विकाश खड्का र श्रीप्रसाद शर्मा, सचिवमा पूर्व प्रहरी नायव निरीक्षक जीत वहादुर काकीर्, सहसचिवमा पूर्व प्रहरी हवल्दार राम वहादुर क्षत्री, कोषाध्यक्षमा पूर्व प्रहरी नायव निरीक्षक तेज वहादुुर थापा र सहकोषाध्यक्षमा रिर्पोट जिसी चयन भएका छन् ।
संगठनको सदस्यहरुमा पूर्व प्रसनि टेक वहादुर वस्नेत र केहरसिंह थापा, प्रहरी हवल्दार याम वहादुर सुवेदी, रण वहादुर मिजार, राम वहादुर केसी, राकेश पौडेल र सोम नारायण श्रेष्ठ सर्वसम्मत रुपमा चयन अध्यक्ष कार्कीले वताए ।




