बागलुङ/ गण्डकी प्रदेशको शिक्षा, संस्कृती, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, शिक्षा तालिम केन्द्रले दशदिने ‘टिपिडि’ प्रमाणिकरण तालिमको नतिजा सार्वजनिक गरेको छ । गत चैत्र २५ गतेदेखि बैशाख ४ गतेसम्म बेनीमा आयोजना गरेको प्रदेश स्तरीय तालिममा आधारभुत तह (कक्षा ६–८) मा अंग्रेजी विषय अध्यापनरत शिक्षक सहभागी बनेका थिए ।
केन्द्रले भदौ २३ गते बिहिबार सार्वजनिक गरेको नतिजा अनुसार बागलुङ बडिगाड गाउँपालिकाको त्रिभुवन नमुना मावि खर्वाङ र पर्वतको पाङ धैरेनी मावि बिशिष्ट क्षेणीमा प्रथम भएका छन् । राम सुवेदी सहभागी रहेका पाङ धैरेनी माविले ४५.५ र मिनु घर्ति मगर सहभागी बनेको बडिगाडको त्रिभुनव नमुना मवि खर्वाङले ४५ अंक प्राप्त गरेको छ ।
कुल ५० पुर्णाङ्कमा मुल्याङ्कन गरिएको तालिममा हिरा बहादुर छन्त्याल सहभागी तमानखोलाको शान्ति मावि, ओमकार आचार्य सहभागी जैमिनी नगरपालिकाको जनकल्याण मावि, तिर्सना श्रीस सहभागी बडिगाड गाउँपालिका–४ जलजलाको लौंगा मावि, जमुना पुन थापा सहभागी काठेखोलाको धारा मावि र ओम माया छन्त्याल सहभागी जैमिनीको शिवालय आवि प्रथम भएका छन् । उनीहरुले क्रमशः ४३.५, ४१, र ४० अंक प्राप्त गरेका छन् ।
यस्तै, बागलुङकै तोरन पुन सहभागी गलकोट नगरपालिकको महेन्द्र माविले ३५.५ र निम बहादुर घर्ति सहभागी तमानखोलाको जनजागृती माविले ३५ अंक लिएर द्धितिय हुँदा शमर बहादुर दर्जी सहभागी जिल्लाकै जीवन ज्योती आवि, रुपेश खड्क सहभागी बडिगाड–८ रणसिंहकिटेनीको भृकृटी मावि र रिमा कुमारी सापकोटा सहभागी रहको गलकोट नगरपालिकाको प्रगति आविले भने परियोजना कार्य
समयमै बुझाउन नसकेको केन्द्रले प्रकाशन गरेको सुचनामा उल्लेख छ ।
तालिमको अवसरमा विभिन्न विधामा १० दिन प्रशिक्षणसंगै वस्तुगत र विषयगत परीक्षासंगै परियोजना कार्यसमेत बुझाएको बिशिष्ट क्षेणीमा प्रथम हुन सफल बडिगाड–२ खर्वाङका शिक्षक मिनु घर्ति मगरले बताईन् । ‘हामीले तालिमका अवसरमा विद्यार्थीलाई भ्रmर्को नलाग्ने गरि कसरी पढाउने, खेल्दै पढाउने र सिकाउने विधि सिक्यौ’ उनले भनिन् ।
सुनाई, लेखाई, पढाई र बोलाई गरी चार विधामा केन्द्रित रहेको तालिममा सहभागीले देखाएको रुची, आठौं दिनमा गरेको प्रयोगात्मक शिक्षणसंगै विभिन्न विद्यामा सहभागी भएको र उनीहरुले केन्द्रमा बुझाएको परियोजना कार्यको आधारमा मुल्याङ्कन गरिएको केन्द्रले जनाएको छ । बागलुङका विभिन्न पालिकाबाट ११ विद्यालयको सहभागिता रहेको तालिममा प्रदेशभरका कुल २७ विद्यालयको सहभागिता रहेको थियो ।





