बागलुङ/बागलुङ जेसीजको सप्ताह व्यापी कार्यक्रम शुरु भएको छ । हरेक बर्षको नेतृत्वले गर्दै आएको क्रियाकलाप समावेश भएको सप्ताह शनिबारदेखि शुृरु भएको हो । अभियानको नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले शुभारम्भ गरे ।
सप्ताहको शुभारम्भ गर्दै श्रेष्ठले युवाको नेतृत्व र व्यक्तित्व विकासमा जेसीज महत्वपूर्ण भएको बताएका छन् । श्रेष्ठले युवालाई योजनाबद्ध काम गर्न, आफ्नो नेतृत्व विकास गर्न र अन्य संस्थामा समन्वय गर्न पनि जेसीजले सिकाएको बताए । श्रेष्ठ जेसीजका पूर्व अध्यक्ष समेत हुन् ।
शनिबारदेखि जेसीजले आफ्नो वार्षिक कार्यक्रमअन्र्तगत साताव्यापी लामो कार्यक्रम संचालन गर्न लागेको हो । उक्त कार्यक्रमको शुभारम्भको अवसरमा श्रेष्ठले युवालाई अझै सशक्त भएर सामाजिक क्षेत्रमा क्रियाशिल बन्न आग्रह गरेका थिए ।
बागलुङ जेसीज २०२२ का अध्यक्ष आनन्द रेग्मीको अध्यक्षता र गणेश महतोको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम अनुसार शनिबार युवा सम्मान कार्यक्रम समेत सम्पन्न भएको छ । आइतबार सत्यदेवी स्मृति स्लो बाइक रेश कार्यक्रम, सोमबार तनाब व्यवस्थापन तालिम संचालन हुनेछ ।
त्यस्तै मंगलबार खुला नृत्य प्रतियोगिता र बुधबार स्थापना दिवश र रक्तदान कार्यक्रम संचालन हुने बताइएको छ । बिहिबार फुटसल प्रतियोगिता र शुक्रबार प्रगती स्मृति वक्तृत्वकला र समापन समारोह सम्पन्न गर्ने रेग्मीले जानकारी दिए ।





