शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

कालिगण्डकी अवैध उत्खनन् गरिएको नदीजन्य बस्तुको लिलामी गरिने

कालिगण्डकी अवैध उत्खनन् गरिएको नदीजन्य बस्तुको लिलामी गरिने


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०७९, मंगलबार

म्याग्दी/ पर्वतको जलजला गाउँपालिकाले कालीगण्डकी नदीबाट अवैध उत्खनन् गरिएको नदीजन्य बस्तुको जफत गरी लिलामबिक्रीको प्रक्रियाका लागि अनुगमन गरेको छ । ठेक्का नलागेको ठाउँमा रातको समयमा उपकरण प्रयोग गरी निकालिएको नदीजन्य बस्तुको आवश्यक प्रक्रिया पूरा गरी जफत गर्न जलजला गाउँपालिकाले सरोकारवालाहरुको सहयोगमासोमबार नापजाच गरेको हो ।

पर्वतको वारी बेनीदेखि डम्मु खोलासम्म कालीगण्डकी नदीमा अवैध रुपमा उपकरण प्रयोग गरेर नदीको किनारमा थुपारिएको बालुवाको लिलाम बिक्रीको लागि नापजाँच गरेको जलजला गाउँपलिका उपाध्यक्ष एवम् अनुमगन टोलीका संयोजक दिपक आचार्य, (आकाश)ले बताए ।
पालिकाले गत साउन १८ गते पर्वतस्थित कालीगण्डकी नदीमा बालुवा चोर्न प्रयोग भएका डोजरहरु शिल गरिएको थियो ।बर्षातको समयमा

उत्खनन् गर्न नपाउने नियम हुदाँहुदै व्यवसायीले एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन् गर्ने बेच्ने गरेका छन् । क्रसर व्यवसायीले चाहिँ विना टेन्डर गाउँपालिकाले रसिदबाट आम्दानी गर्न खोजेको र प्रतिवाद गर्दा अनावश्यक दःुख दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->