पोखरा / पोखरा महानगरपालिका वडा २६ चापाँको चौरमा आधारभुत प्राथमिक उपचार तालिम सुरु भएको छ ।
नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजना तथा पोखरा २६ उपशाखा र युवा रेडक्रस सर्कल को ब्यस्थापनमा ४ दिने आधारभूत प्राथमिक उपचार तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले रेडक्रस एक विशुद्ध मानविय सेवा गर्ने संस्था रहेको बताए ।
यसले समाजमा आई परेको बिपत्ति को बेलामा स्वस्फुर्त रुपमा सहभागी हुनेगरेको सुनाए । रेडक्रसले प्रदान गरेको तालिमले महिलाहरूको क्षमता विकासमा मद्दत पुग्ने उनको भनाइ छ ।
कार्यक्रममा साविक लेखनाथका उपशाखा र रूपा क्षेत्रका सबै महिला गरि २४ जना सहभागी रहेका छन् । नेपाल रेडक्रस सोसाइटी पोखरा २६ का सभापति शैलेन्द्र मोहन भट्टराईको अध्यक्ष तामा सुरू कार्यक्रममा नेरेसो कास्की शाखाकी उपमन्त्री उर्मिला खड्का,
कार्यक्रमका तालिम संयोजक राजेश घिमिरे , उपशाखाका पूर्व सभापति नरभुपाल पौडेल , युवा सर्कलका अध्यक्ष विकास रानाभट ,
उपशाखाकी सह–कोषाध्यक्ष दुर्गा तिमिल्सिना, लगाएतले कार्यक्रममाथि धारणा राखेका थिए । कार्यक्रममा स्वागत उपसभापति देवी ढुङ्गानाले गरेकी थिईन् ।





