बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङमा बाल दिबश मनाइयो

बागलुङमा बाल दिबश मनाइयो


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०७९, बुधबार

बागलुङ/५८ औं राष्ट्रिय बाल दिवश बागलुङमा बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । बुधवार बिद्यालय, समुदाय र नगरस्तरीय कार्यक्रम गरेर मनाइएको हो ।

दिवशको अबसरमा बागलुङ नगरपालिकाले माध्यामिक बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । नगर भित्रका १५ बिद्यालयका २२ जना सहभागि बिद्यार्थीले बालमैत्री नगर निर्माणमा बिद्यार्थीको भूमिका बिषयक वक्तृत्वकलामा भाग लिएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए ।

नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा सहभागि सरोकारवालाले पनि बाल अधिकार प्राप्तीकालागि सबैको समान चासो र चिन्ता आबस्यक भएको बताए । नगर उपप्रमुख राजु खड्काले बालमैत्री नगर बनाउने अभियान एक बर्षभित्रै सक्नुपर्ने बताए । उनले सबै बिद्यालय, समुदाय र बालबालिका सहभागि हुने संस्थामा उनीहरुलाई मैत्री बन्ने पूर्वाधार निर्माण, माया, पालन पोषण र शिक्षा तथा स्वास्थ्यको वातावरण चाहिएको बताए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले सबै बिद्यालय र समुदायमा पुगेर आवस्यक पर्ने सबै सूचक पुरा गर्ने तयारीमा नगरपालिका लागेको बताए । सापकोटाकै अध्यक्षता, महिला तथा बालबालिका शाखाकी रचना आचार्यको संचालन र शिक्षा अधिकारी धनप्रसाद पोखरेलको स्वागतमा सम्पन्न कार्यक्रममा नगर स्तरीय बाल संजालकी अध्यक्ष एन्जीला कार्की, महिला तथा बालबालिका शाखाकी प्रमुख सरस्वती देवी रेग्मी लगायतले मन्तव्य राखेका थिए ।

त्यस्तै सदरमुकामको चिल्ड्रेन लाइफ बोर्डिङले बाल अधिकार सम्बन्धी व्यानर र प्ले कार्ड सहितका बालबालिकाको ¥याली प्रर्दशन गरेको थियो । ¥याली पछि बिद्यालयमा पुगेर बाल अधिकार सम्बन्धी प्रवचन, नृत्य र गीत संगीत समेतको आयोजना गरेर दिवश मनाइएको शिक्षक देवी बोहराले बताइन् । बालमन्दिर आधारभूत बिद्यालय सहित जिल्लाका अधिकांस बिद्यालय तथा स्थानीय तहमा पनि बाल अधिकार विभिन्न कार्यक्रम गरेर मनाइएको बताइएको छ । गणतन्त्र अघि भदौ ४ गतेलाई मनाउने गरिएको बालदिवश केही बर्षदेखि भदौ २९ मा मनाउन थालिएको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->