बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङमा जेसीज सप्ताह जारी

बागलुङमा जेसीज सप्ताह जारी


  • ढोरपाटन संवाददाता
  • भाद्र ३० २०७९, बिहिबार

बागलुङ/ बागलुङमा संचालित जेसीज सप्ताह अन्तरगत पाँचौ दिन बुधवार स्थापना दिवस मनाउनुका साथै रक्तदान गरिएको छ ।

युवाहरुको नेतृत्व तथा क्षमता विकासमा सक्रिय बागलुङ जेसीजको आयोजनामा बिभिन्न कार्यक्रमका साथ संचालित सप्ताहको पाँचौ दिन बागलुङ जेसीजको ४४ औ स्थापना दिवससँगै रक्तदान गरिएको हो ।
४४ औ स्थापना दिवसको उद्घाटन गर्दै बागलुङ जेसीजका संस्थापक अध्यक्ष श्याम श्रेष्ठले युवाहरुको नेतृत्व र क्षमता बिकासमा सक्रिय जेसीजले समृद्ध राष्ट्र निर्माण र सामाजिक रुपान्तरणका लागि पनि काम गर्दै आएको बताए ।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय प्रकरण निर्देशक तथा बागलुङ जेसीजका पूर्वअध्यक्ष जोहन बज्राचार्य, पूर्वअध्यक्ष इन्द्रा श्रेष्ठ र बागलुङ जेसीजका विशिष्ट सदस्य एवं नेपाल रेडक्रम सोसाइटीका उपसभापति राजेन्द्र आचार्यले मंतव्य व्यक्त गरे ।

कार्यक्रम बागलुङ जेसीजका निवर्तमान अध्यक्ष एवं कार्यवाहक अध्यक्ष आनन्दप्रसाद रेग्मीको अध्यक्षता, मूल संयोजक अञ्जिला श्रेष्ठको स्वागत र कार्यक्रम संयोजक अमृत सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

रक्तदान कार्यक्रमअन्तर्गत १० जनाले रगत दान गरेको जेसीजका महासचिव गणेश महतोले जानकारी दिए । छैठौ दिन बिहीबार पिस प्यालेस फुटसल प्रतियोगिता र सातौं तथा अन्तिम दिन शुक्रबार समापन समारोह एवं स्वर्गीय प्रगति स्मृति वक्तृत्वकला प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रमकोे आयोजना गरिएको मूल संयोजक अञ्जिला श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->