शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मनाङको नार्फाभूमिमा निःशुल्क स्वास्थ्य शिविर

मनाङको नार्फाभूमिमा निःशुल्क स्वास्थ्य शिविर


  • ढोरपाटन संवाददाता
  • भाद्र ३० २०७९, बिहिबार

पोखरा/ गण्डकी प्रदेशको दुर्गम जिल्ला मनाङमा निशुल्क स्वास्थ्य शिविर गरिएको छ । यहाँको इन्द्रदल गुल्मले नार्फाभूमी गाउँपालिकामा पाचँ दिने स्वास्थ्य शिविर गरेको हो ।
गुल्मपति दिनेश मल्लको कमाण्डमा सडक सञ्जाल नभएको भौगोलिक हिसाबले विकट तथा नेपाल सरकारले प्रदान गर्ने धेरै सेवा सुविधाबाट बन्चित उत्तरी सिमावर्ती नार्फाभूमि पुगेर नेपाली सेनाको ४३ जनाको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको हो ।

युद्धबाहेक अन्य सैनिक अपरेशनको क्षमता अभिवृद्धि गर्ने, नागरिक र सेनाबीचको सम्बन्ध सुमधुर बनाउने उदेश्यले गुल्मले स्वास्थ्य शिविर आयोजना गरेको गुल्मपति मल्लले बताए । निःशुल्क स्वास्थ्य शिविरबाट नारगाउँमा गरिएको शिविरमा आर्युर्वेदतर्फ ९४ जनाको आँखा, १२ जनाको दाँत र १०६ जना ल्याबसम्बन्धी उपचार प्रदान गरिएको थियो ।

फुगाउँमा १५ जनालाई आर्युर्वेद, २८ जनालाई आँदा १५ जना नै दाँत र २१ जनालाई ल्याब गरि २६४ जनाको उपचार गरिएको उनले बताए । शिविरमा उपचारमा आएका सबैलाई निःशुल्क औषधिकासाथै चस्मासमेत वितरण गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->