बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आत्महत्याबिरुद्ध सबै लागौ

आत्महत्याबिरुद्ध सबै लागौ


  • ढोरपाटन संवाददाता
  • असोज २ २०७९, आइतबार

बागलुङ/ पछिल्लो समय देशभर बढीरहेको आत्महत्याको दर घटाउन प्रहरीले समुदायको साझेदारीमा सचेतना कार्यक्रम गरेको छ ।

आइतबार बिहान सचेतना ¥याली तथा प्रभातफेरी र आत्महत्या घटाउन प्रवचन पनि गरेको हो । कार्यक्रममा जिल्ला न्यायाधिवक्ता लालप्रसाद लामिछानेले आत्महत्याको अवस्था, आत्महत्या गराउन उक्साउनेलाई गरिने कानूनी कारवाहीको अवस्था र न्युनिकरणका उपायबारे प्रस्तुतीकरण गरेका थिए । उनले आत्महत्या गराउने प्रमुख कारण समाज भएको भन्दै कोही पनि नागरिकलाई मर्ने छुट नभएको बताए ।

प्रहरीको प्रतिवेदनमा बागलुङ र नेपालभरि नै आत्महत्याको दर बढीरहेको बताइएको छ । गत आर्थिक वर्ष बागलुङमा ४४ जनाले आत्महत्या गरेको तथ्यांक छ । यतिधेरै आत्महत्या हुनुमा समाजको बेवास्ता बढी देखिएको प्रहरी उपरिक्षक दयानिधी ज्ञवालीले बताए । कुनैपनि मानिसले आत्महत्या गर्नकालागि त्यसअघि २५ पटक प्रयास गरेको हुन्छ भन्ने मान्यताबारे सहभागिले जानकारी गराएका थिए ।
‘पटक पटकको प्रयास, उसले देखाउने लक्षण र बोल्ने लेख्ने बिषयले उक्त व्यक्ति आत्महत्यामा जान सक्छ भन्ने पत्ता लगाउन सकिन्छ’ उनले भने, ‘त्यो लक्षण देखेपछि समाज, घर परिवार र सरोकारवालाले काउन्सिलिङ गर्न सके ज्यान बचाउन सकिन्छ ।’

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, सामुदायिक प्रहरी सेवा रामरेखाका अध्यक्ष दुर्गाबहादुर आचार्यले आत्महत्या न्युनिकरणमा समाजले खेल्नुपर्ने भूमिकाको बारेमा बोलेका थिए । उनीहरुले प्रेम सम्बन्धबाट धोका खाएका, चरम आर्थिक कमजोरी भोगेका, यातना पीडित लगायतले बढी आत्महत्या गर्ने गरेकोले उनीहरुको स्वास्थ्य उपचार र मनोसामाजिक परामर्श बेलैमा गराउनुपर्ने पनि सहभागिले सुझाएका थिए ।

यो अभियानमा प्रहरीले जिल्लास्थित कार्यालय प्रमुखहरु, विद्यालय र विद्यार्थी, अभिभावक, उद्योगी व्यवसायी, आमा समूह र सामुदायिक प्रहरी सेवाका पदाधिकारीलाई परिचालन गरेको थियो । एक तथ्यांक अनुसार विश्वमा हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गरेको बताइएको थियो । नेपालमा पनि आत्महत्या गर्ने मात्र नभई आत्महत्या प्रयास गर्ने क्रम बढीरहेको समेत बताइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->