शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दीमा एकवर्षमा ३१ जनाबाट आत्महत्या

म्याग्दीमा एकवर्षमा ३१ जनाबाट आत्महत्या


  • ढोरपाटन संवाददाता
  • असोज ३ २०७९, सोमबार

बेनी/ म्याग्दीमा एकवर्षमा ३१ जनाले आत्महत्याको बाटो रोजेका छन् । पारिवारिक, गरिवी लगायत विभिन्न सामाजिक कारणलाई आत्महत्याको निमर्म बाटो रोज्ने गरिएको भएपनि न्यूनिकरणका अभियान प्रभावकारी हुन सकेको छैन । जिल्ला प्रहरी कार्र्यालयको तथ्याङ्कमा आर्थिक बर्ष ०७८/०७९ मा ३१ जनाले आत्महत्या गरेका छन् । जसमा पुरुष २२ र महिला ९ जना रहेका छन् । आत्महत्या गर्नेमा अधिकांस झुण्डी रहेको छ भने विष सेवन र हाम फालेर समेत आत्महत्याको बाटो रोज्ने गरेको प्रहरीले जनाएको छ । हरेक बर्ष आत्महत्या गर्नेको संख्या बढ्न थालेपछि डरलाग्दो सामाजिक समस्या भन्दै सरोकारवालाहरुको चिन्ता ब्यक्त गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले आइतबार सदरमुकाम बेनीमा आयोजना गरेको आत्महत्या न्यूनिकरण तथा रोकथाम सम्बन्धि कार्यक्रममा प्रहरी नायव उपरीक्षक तिलक भारतीले म्याग्दीको तथ्याङ्क सहित प्रस्तुतीकरण गदैं विद्यालयदेखि समुदायस्तरसम्म जनचेतनामुलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने जोड दिएका थिए । विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने र वार्षिक आठ लाखले आत्महत्या गर्ने गरेको जनाउँदै रोकथामका लागि सबैको सहयोग र सहकार्य आवश्यता रहेको बताए । आत्महत्यालाई अन्तिम बाटो रोज्ने अवस्थाका मासिनले विभिन्न संकेत छोड्ने गरेको बताए ।

म्याग्दीमा आत्महत्याको संख्या बढेकाले विद्यालय, समुदाय लगायत विभिन्न संघसंस्थामार्फत सचेतनामुलक कार्यक्रमका लागि सरोकारवाला निकायले समेत ध्यान दिनुपर्नेमा प्रनाउ भारतीको भनाई थियो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना, जिल्ला सहन्यायधिवक्ता जिवनाथ सुबेदी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्साल, बेनी अस्पतालकी प्रमुख डा. भारती मेहता लगायतले मानसिक स्वास्थ्यलाई बुझेर उपचार एवं मनोपरामर्शमा ध्यान दिनसके आत्महत्याको न्यूनीकरण हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->