बागलुङ/चिल्ड्रेन लाइफ बोर्डिङको आयोजनामा आइतवार साइवर अपराध सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संविधान दिवशको पूर्व सन्ध्यामा बोर्डिङले उक्त अन्तरक्रिया गरेको हो ।
युवाहरुमा बढीरहेको साइवर क्राइम रोधथामका लागि कानून व्यवसायी, न्यायाधिस र सरकारी वकिलको सहभागितामा बिद्यालयले उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा जिल्ला न्यायाधिस डा. दिवाकर भट्टले साइवर कसुर सम्बन्धी परिचय, कानूनी व्यवस्था र बिद्यमान अबस्थाको बारेमा प्रस्तुतीकरण गरेका थिए । उनले उक्त अबसरमा साइबर क्राइमबाट धेरै युवायुवती कानूनी फन्दामा पर्ने गरेकोले समयमै सचेत रहनुपर्ने जानकारी गराए ।
कार्यक्रममा अधिवक्ता राजु प्रसाद गौतमले बिद्युतीय अपराध सम्बन्धमा अन्तराष्ट्रिय अबस्था र व्यवस्थाको नेपाल सँगको तुलनात्मक अध्ययन, उच्च अदालतका इजलास अधिकृत ऋषिराम रिजालले मुद्दा दर्ता देखि सुनुवाइ फैसला पुररावेदन सम्बन्धी बिषयमा आफ्नो धारणा राखेको शिक्षक सन्तोषी परियारले जानकारी दिइन् ।
कानूनी सहायता र सार्वजनिक सरोकारवाका बिषयमा कानूनी अभ्यास सम्बन्धमा अधिवक्ता हरिप्रसाद गौतम तथा यौनजन्य कसुर सम्बन्धी परिचय, कानूनी व्यवस्था र बिद्यमान अबस्थाको बारेमा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख लालप्रसाद लामिछानेले प्रस्तुतीकरण गरेका थिए ।
कक्षा ११ र १२ मा अध्ययन गर्ने बिद्यार्थीका लागि आयोजित उक्त अन्तरक्रियाले यौन दुव्र्यवहार, बिद्युतीय अपराधको न्युनिकरण र अपराध नियन्त्रणमा युवा बिद्यार्थी नै सक्रिय बन्ने र घटना बिशेषमा पनि बिद्यार्थी परिचालन गर्ने सम्मको काम गर्न सहज अवस्था सिर्जना भएको बिद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठले जानकारी दिए । कार्यक्रम श्रेष्ठकै अध्यक्षतामा सम्पन्न भएको थियो ।





